अण्डाले हटाउँछ अनुहारको दाग धब्बा, यसरी बनाउनुहोस् फेसप्याक

एजेन्सी

बुधबार, ०५ फागुन २०७७, १३ : ०५
अण्डाले हटाउँछ अनुहारको दाग धब्बा, यसरी बनाउनुहोस् फेसप्याक

काठमाडौं । अण्डा तपाईंको शरीरका लागि मात्रै नभई तपाईंको छाला र कपालका लागि पनि निकै फाइदाजनक हुन्छ । अण्डाको सेतो भागलाई ब्यूटी ट्रिटमेन्टको रुपमा प्रयोग गर्न सकिन्छ । अण्डाको सेतो भाग मिनरल्स, भिटामिन र प्रोटिनले भरपुर हुन्छ र छालालाई बेदाग बनाएर सुन्दरता बढाउने काम गर्छ । अण्डाको सेतो भागले कसरी फाइदा पुर्याउँछ र यसको फेस प्याक कसरी बनाउन सकिन्छ भनेर जानकारी दिँदै छौं ।

एन्टि एजिङ फेस प्याकः

अण्डाको सेता भागको प्रयोग एन्टी एजिङ ट्रिटमेन्टको रुपमा पनि गर्न सकिन्छ । यसका लागि अण्डाको सेतो भाग लिनुहोस् । पहिलो कोट छालामा लगाइसकेपछि माथिबाट टिस्यू पेपर टाँस्नुहोस् र पुनः अण्डाको दोस्रो कोट लगाउनुहोस् । यो कक्रक्क भएपछि सफा पानीले धुनुहोस् । यसले छाला कसिलो बनाउनुका साथै चाउरी पनि हटाउँछ ।

बेदाग छालाका लागि फेस प्याकः

अनुहारको दाग धब्बा हटाउनका लागि एक चम्चा अण्डाको सेतो भागमा एक चम्चा चिनी र एक चम्चा कर्न स्टार्च मिसाउनुहोस् । यसले तपाईंको अनुहारबाट ब्ल्याकहेड्स हटाउनुका साथै दाग धब्बा पनि टाढा राख्छ । यदि तपाईंमा छाला चिल्लो छ भने यसमा एक चम्चा कागतीको रस र मह पनि मिसाउन सक्नुहुन्छ । यसले अनुहारको फोहोर हटाउँछ र अनुहार सफा देखिन्छ ।

प्रतिक्रिया दिनुहोस