काठमाडौ । अण्डाको समर्थन मूल्य आजदेखि घटेको छ।
नेपाल लेयर्स कुखुरापालक सङ्घको मंगलबार बसेको कार्यसमिति बैठकले उत्पादन र बजार अवस्थामाथि समीक्षा गर्दै मूल्य समायोजन गर्ने निर्णय गरेको हो।
सङ्घका सचिव मदन पोखरेलका अनुसार ठुलो अण्डाको नयाँ समर्थन मूल्य प्रति क्रेट ४५० रुपैयाँ तोकिएको छ।
त्यसैगरी मध्यम अण्डा प्रति क्रेट ४३५ रुपैयाँ तोकिएको छ। सानो अण्डाको मूल्य भने प्रति क्रेट २६ सय रुपैयाँ निर्धारित भएको छ।
यसअघि ठुलो अण्डा प्रति क्रेट ५०० रुपैयाँ र मध्यम अण्डा प्रति क्रेट ४५० रुपैयाँमा कारोबार हुँदै आएको थियो। मूल्य घटेसँगै बजारमा उपभोक्ताले केही राहत पाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ मंसिर २०८२, ०६ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अण्डाको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?
अण्डाको मूल्यमा भारी गिरावट, किसान निराश
अण्डाको मूल्यमा भारी वृद्धि, आजै देखि लागु
अण्डा उत्पादन घट्यो, मूल्य बढ्यो
अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो
अण्डाको मूल्य बढेपछि किसान खुसी