बाबुराम भट्टराईको आमा साहसी हुन् : रामचन्द्र पौडेल

सफल खबर संवाददाता

शनिबार, ०१ फागुन २०७७, १६ : २०
बाबुराम भट्टराईको आमा साहसी हुन् : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले डा.बाबुराम भट्टराईको आमालाई साहसी आमाको संज्ञा दिएका छन् । पौडेलले आमा साहसी भएका कारण नै भट्टराई युद्धमा होमिएको  संकेत समेत गरे । 

पूर्व प्रधानमन्त्री समेत रहेका डा.बाबुराम भट्टराईद्वारा लिखित ‘गुमनाम आमाहरूको कथा’ पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन् । पौडेलले पुस्तकमा भट्टराईले भावनाको कुरा धेरै गरेको भन्दै बाबुराम र आफ्नो आमा दुबैजना गुमनाम आमाहरु भएको बताए । तर बाबुरामको आमा अली साहसी र आफ्नो आमा सरल रहेको उनको बुझाइ थियो ।

फरक प्रसंगमा पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले ठुलो विश्वास घात गरेर प्रतिनिधि सभा विघटन गरेको बताएका छन् । संसदले प्रधानमन्त्री दिन नसकेमात्रै संसद विघटन गर्नसक्ने सहमतिमाथि धोका भएको पौडेलको भनाइ छ। ‘हामीसँगै बसेर गरेको सहमति केपी ओलीजीले विश्वासघात गर्नुभयो । यस विश्वासघातबाट देशलाई मुक्त गर्नुपर्छ’, पौडेलको भनाइ छ ।

उनले यति ठुलो विश्वासघात होला भन्ने नसोचेको भन्दै राजनीतिमा भएको ढाँटछलले जनता निरास भएको बताए । उनले राजनीतिक स्थायित्वका लागि संघर्ष गर्नुपरेको भन्दै विपीका पालामा हुन नसकेको काम जनताका प्रतिनिधिबाट हामीहरुले संविधान बनाएको बताए । उनले ६ बर्षसम्म छलफल गरेर सम्झौताको दस्तावेज मध्यमार्गका आधारमा संविधान बनाइएको पनि बताए । 

प्रतिक्रिया दिनुहोस