काठमाडौं । नेकपा विभाजनको असर देशभरिका स्थानीय तहमा प्रत्यक्ष रूपमा देखिएको छ । पार्टी विभाजनपछि नेकपाका स्थानीय तह प्रमुख र उपप्रमुखहरू दुवैतिर बाँडिएका छन् ।
नेकपा (साविक एमाले र माओवादी केन्द्र) बाट निर्वाचित ३ सय ८८ पालिका प्रमुख र ४ सय ३८ उपप्रमुखको पक्षधरतालाई कान्तिपुरले विश्लेषणसहित खबर छापेको छ ।
यसले समग्रमा स्थानीय तहमा पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहभन्दा केपी शर्मा ओली समूहका पक्षमा उभिने प्रमुख र उपप्रमुख बढी देखाएको छ तर कतै खुलिनसकेका २४ प्रमुख र २७ उपप्रमुख जुन पक्षतिर लाग्छन्, त्यो समूह बलियो हुने सम्भावना छ ।
प्रदेशगत रूपमा हेर्ने हो भने प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पालिका प्रमुखमा ओली समूह बलियो देखिन्छ । प्रदेश २, वाग्मती र कर्णालीमा दाहाल–नेपाल समूहका पालिका प्रमुख बढी छन् । ४ सय ३८ स्थानीय तहमा नेकपाका उपप्रमुख रहेकामा ओली समूह प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशमा मात्रै बलियो छ, प्रदेश २, वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशमा धेरै उपप्रमुख दाहाल–नेपालतिर लागेका छन् ।
नेकपाका ३ सय ८८ पालिका प्रमुखमध्ये १ सय ८९ जना ओली समूहमा र १ सय ७४ जना दाहाल–नेपाल समूहमा देखिएका छन् । २४ जना पालिका प्रमुख कतै खुलेका छैनन् । एक जना पालिका प्रमुख पार्टी एकताका पक्षमा अभियान सुरु गरेका नेता वामदेव गौतमको समूहमा छन् ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०१ फागुन २०७७, ०७ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँमा आज नेकपाको एकता सन्देश सभा
एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान
भोलि सुर्खेतमा नेकपाको एकता सभा: प्रचण्ड, माधव र भीम रावलले सम्बोधन गर्ने
जनार्दनलाई नेकपा कार्यकर्ताले गृह जिल्लामै देखाए कालो झन्डा
आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा
आजदेखि सातै प्रदेशमा नेकपाको सन्देश सभा, कहाँ–कहिले ?