चितवन। नेकपा (प्रचण्ड–माधव समूह) चितवनले केन्द्रीय सदस्य रामकुमारी झाँक्री पक्राउको विरोध गर्दै तत्काल रिहा गर्न माग गरेको छ । राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले राज्यविरुद्धको कसुर गरेको आरोपमा बिहीबार विहान झाँक्रीलाई शंमखुलस्थिच निवासबाट पक्राउ गरेको थियो ।
नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार इन्द्रजित र सचिव कृष्णभक्त पोख्रेलद्वारा जारी गरिएको विज्ञप्तिमा राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसुर देख्नु गम्भीर दृष्टिभ्रम, पूर्वाग्रह र स्वेच्छाचारिता भएको जनाइएको छ । विज्ञप्तिमा गिरफ्तारीले वर्तमान सरकारको घोर अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको बताइएको छ । उनीमाथि लगाइएको झुटा मुद्दा खारेज गरी तत्काल बिनासर्त रिहा गर्न माग गरिएको छ ।
विज्ञप्तिमा लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था आलोचनाभन्दा माथि हुन नसक्ने भन्दै निःशर्त र अविलम्ब रिहा गर्न माग गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ माघ २०७७, १७ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीमाथि लगाइएका आपराधिक आरोपले राज्यसंयन्त्र ध्वस्त हुन्छ : रामकुमारी झाँक्री
‘विगत र वर्तमानलाई दाँजेर ट्रोल गरे पनि स्वीकार छ’ : रामकुमारी झाँक्री
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
रामकुमारी झाँक्रीको असंगतिपूर्ण राजनीति
ओलीलाई भेट्न गुन्डु पुगे रामकुमारी झांक्रीसहितका नेताहरू
एकीकृत समाजवादीसँगको अध्याय सकियो , ‘पज’ को अवस्थामा छौं : रामकुमारी झाँक्री