काठमाडौँ । रामकुमारी झाँक्रीले प्रहरी हिरासतबाटै अन्तिम लडाइँ भएको बताएकी छन् । राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएपछि राज्य विरुद्धका कसूर अन्तर्गत पक्राउ परेकी नेकपा प्रचण्ड–नेपाल समूहकी नेत्री झाँक्रीले प्रहरी हिरासतबाटै फेसबुकमा स्टाटस लेखेर अन्तिम लडाइँ भएको बताइन् ।
झाँक्रीलाई यतिबेला अपराध अनुसन्धान महाशाखा मिनभवनमा राखिएको छ । उनले लेखेकी छन्, ‘राज्य विरुद्धका कसूर अन्तर्गत दफा ५८ अनुसारको पक्राउ पूर्जी जारी गरी गिरफ्तार गरिएको छ । अपराध अनुसन्धान मिनभवनमा छु । सबै साथीहरूले धैर्य गर्नुहोला । यो अन्तिम लडाइँ हो ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ माघ २०७७, १४ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रामकुमारी झाँक्रीको कटाक्ष–मूर्ख देखि दैव डराउँछ भन्थे, हो रहेछ
सरकारलाई रामकुमारी झाँक्रीको प्रश्नः भदौ २४ को घटनाको छानविन कहिले हुन्छ ?
ओलीमाथि लगाइएका आपराधिक आरोपले राज्यसंयन्त्र ध्वस्त हुन्छ : रामकुमारी झाँक्री
‘विगत र वर्तमानलाई दाँजेर ट्रोल गरे पनि स्वीकार छ’ : रामकुमारी झाँक्री
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
रामकुमारी झाँक्रीको असंगतिपूर्ण राजनीति