काठमाडौं । बिहीबार एक विज्ञप्ति जारी गर्दै अध्यागमन विभागले आन्तरिक विभिन्न सञ्चार माध्यममा आएका यसबारेका समाचारहरु गम्भिर ध्यानाकर्षण भएको बताएको छ । विभागले महिलाहरु भिजिट भिसामा जाँदा परिवारका सदस्य वा स्थानीय तहको सिफारिस आवश्यक पर्ने गरी निर्णय भइनसकेको बताएको हो ।
‘उक्त विषय समाचारमा आएको जस्तो नभई खाडी र अफिकी मुलुक जस्ता जोखिम सम्भाब्य मुलुकमा पहिलो पटक एक्लै यात्रा गर्ने र आफ्नो यात्राको बारे सामान्य जानकारी समेत नभएका महिलाहरुका लागि आवश्यक पर्न सक्ने गरी आन्तरिक छानविन कार्यदलका सुझावहरुका रुपमा आएको विषय भएको र कुनै निर्णय नभएको तथा अनौपचारिक रुपमा छलफलमा रहेको विषयका बारे आम जनमानसहरु कुनै भ्रममा नपर्न अनुरोध गरिन्छ,’ विभागले भनेको छ ।
यो विषयमा हालसम्म कुनै पनि निर्णय नभएको जानकारी गराउँदै विभागले सार्वजनिक सरोकारका विषयहरुमा निर्णय गर्दा संविधान प्रदत्त अधिकार, विश्वव्यापी मान्यता, आमजनताको धारणा र कार्यान्वयन सहजता समेत हेरिने बताएको छ ।
‘नागरिकका मौलिक अधिकार कुण्ठित नहुने गरी निर्णय हुने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ विभागले भनेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ माघ २०७७, १२ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निषेधित क्षेत्रमा विदेशी लैजाने एजेन्सीलाई ४० हजार जरिवाना
अध्यागमन विभागले ट्रेकिङ अनुमति अब पूर्णरूपमा अनलाइन प्रणालीमार्फत दिने
दसैँको दिनबाहेक अन्य दिन अध्यागमन विभागले सेवा जारी राख्ने
ठगी र ‘सेटिङ’ नियन्त्रणमा अध्यागमनको कडाइ