काठमाडौँ। अध्यागमन विभागले अबदेखि पदयात्रा अनुमति प्रदान गर्ने सम्पूर्ण प्रक्रिया अनलाइन प्रणालीमार्फत मात्र सञ्चालन गर्ने निर्णय गरेको छ। विभागले यससम्बन्धी सूचना जारी गर्दै सबै दर्ता भएका ट्रेकिङ एजेन्सीहरूलाई नयाँ प्रणालीअनुसार काम गर्न निर्देशन दिएको हो।
विभागका अनुसार, पहिले कार्यालयमा प्रत्यक्ष उपस्थित भई अनुमति लिने प्रथा अब अन्त्य गरिएको छ। पदयात्रा अनुमति पाउने प्रक्रिया पूर्णरूपमा डिजिटल प्लेटफर्ममा रूपान्तरण गरिएको हो, जसले समय, श्रम र प्रशासनिक झन्झट घटाउने विभागको दाबी छ।
सूचनामा भनिएको छ, ‘अनलाइन प्रणालीमार्फत आवेदन पठाउँदा केही एजेन्सीहरूले त्रुटिपूर्ण र अपूर्ण विवरण पठाउने गरेका कारण अनुमति प्रक्रियामा ढिलाइ हुने समस्या देखिएको छ। यसलाई रोक्न विभागले सबै एजेंसीहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ असोज २०८२, १४ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दसैँको दिनबाहेक अन्य दिन अध्यागमन विभागले सेवा जारी राख्ने
ठगी र ‘सेटिङ’ नियन्त्रणमा अध्यागमनको कडाइ