सिराहा । ग्लोबल आइएमई बैंक लिमिटेडले सिराहा जिल्लाको सुखीपुर नगरपालिका वडा नं. ८, सुखीपुर बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको शुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६९ पुगेको छ ।
ग्लोबल आइएमई बैंकले मुलुकभर तथामुलुकबाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाका पहुँच पु¥याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७४ जिल्लामा २६९ शाखा, २४२ एटीएम, २४५ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब ८०० सेवा केन्द्रबाट ग्राहक वर्गलाई सेवा प्रदान गरिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्तअधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।
‘सबैका लागि बैंक’भन्ने नारालाई सार्थकता दिँदै बैंकले २२ लाखभन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ माघ २०७७, १४ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्लोबल आइएमई बैंकको ‘एआई एमएल ह्याकाथन’ सुरु, १४ टोली प्रतिस्पर्धामा
ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा
ग्लोबल आइएमई बैंकको स्वतन्त्र सञ्चालकमापूर्व सचिव बिन्द्रा हाडा भट्टराई नियुक्त
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापन सम्झौता
ग्लोबल आइएमई बैंकका कर्मचारी पिताम्बर खड्का मृत फेला
ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवमा सामाजिक उत्तरदायित्वका १९ कार्यक्रम घोषणा