काठमाडौं । चितुवाको टाउको सहित काठमाडौं प्रहरीले तीन जना लाई पक्राउ गरेको छ । चितुवाको दाह्रा सहित टाउकोको भाग कारोवार गर्न मानिसहरू हिंडिरहेको भन्ने सूचनाको आधारमा उनिहरु लाई पक्राउ गरीएको महानगरीय अपराध महाशाखा काठमाडौंले जनाएको छ ।
पक्राउ पर्नेमा लमजुङ दुधपोखरी गा.पा. वडा नं.६ घर भएका वर्ष २३ को सन्तोष आले मगर, जिल्ला काभ्रे रोसी गा.पा. वडा नं. १२ घर भएको बर्ष २० को सुजन थिङ र जिल्ला काभ्रे रोसी गा.पा. वडा नं.१२ घर भएको बर्ष १८ को मिङमार मोक्तान रहेका छन् ।
उनिहरु लाई पक्राउ गरी आवश्यक अनुसन्धानको लागि डिभिजन वन कार्यालय, हात्तीसार काठमाणडौ पठाइएका प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ माघ २०७७, १४ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने एक जना पक्राउ
निकोलस भुसाल पक्राउ
२ सय १० ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ
युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी, एक जना पक्राउ
अवैध लागू औषधसहित चार जना पक्राउ
चोरीको मोटरसाइकल बेच्न खोज्ने दुई जना पक्राउ