काठमाडौं । चितुवाको टाउको सहित काठमाडौं प्रहरीले तीन जना लाई पक्राउ गरेको छ । चितुवाको दाह्रा सहित टाउकोको भाग कारोवार गर्न मानिसहरू हिंडिरहेको भन्ने सूचनाको आधारमा उनिहरु लाई पक्राउ गरीएको महानगरीय अपराध महाशाखा काठमाडौंले जनाएको छ ।
पक्राउ पर्नेमा लमजुङ दुधपोखरी गा.पा. वडा नं.६ घर भएका वर्ष २३ को सन्तोष आले मगर, जिल्ला काभ्रे रोसी गा.पा. वडा नं. १२ घर भएको बर्ष २० को सुजन थिङ र जिल्ला काभ्रे रोसी गा.पा. वडा नं.१२ घर भएको बर्ष १८ को मिङमार मोक्तान रहेका छन् ।
उनिहरु लाई पक्राउ गरी आवश्यक अनुसन्धानको लागि डिभिजन वन कार्यालय, हात्तीसार काठमाणडौ पठाइएका प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ माघ २०७७, १४ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ