काठमाडौं । नेकपा दाहाल–नेपाल समूहले बिहीबार आमहडतालका क्रममा आयोजना गरेको सभामा अमेरिकन सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विरोधमा नारा लागेपछि समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शिर झुकाएर सभास्थलबाट हिँडेका छन्।
नेकपाका नेता–कार्यकर्ताले ललितपुरको पुल्चोकमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमविरुद्ध प्रदर्शन गरिरहेका बेला दाहालले पनि उनीहरूसँग स्वरमा स्वर मिलाएर नारा लगाइरहेका थिए। कार्यकर्ताले एमसिसीविरुद्ध नारा लगाउन थालेपछि उनले सुरुमा त्यसो नगर्न आग्रह गरे। तर कार्यकर्ताले एमसिसीविरुद्धको नाराबाजी जारी नै राखेपछि असहज महसुस गर्दै दाहालले शिर झुकाएका थिए।
त्यसलगत्तै उनी कार्यक्रमबाट बाहिरिएका थिए। एमसिसीविरुद्ध नारा लाग्दा दाहालको देखाउको भावभंगीको सामाजिक सञ्जालमा समेत चर्चा भइरहेको छ। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २३ माघ २०७७, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन नेपालको राष्ट्रिय आवश्यकता बनेको छ: प्रचण्ड
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: प्रचण्ड
एमाले महाधिवेशनमा प्रचण्ड-माधव नजाने
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर : प्रचण्ड
मुलुकको संकट अझै टरेको छैन: प्रचण्ड
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : प्रचण्ड