काठमाडौं । नेकपा दाहाल–नेपाल समूहले बिहीबार आमहडतालका क्रममा आयोजना गरेको सभामा अमेरिकन सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विरोधमा नारा लागेपछि समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शिर झुकाएर सभास्थलबाट हिँडेका छन्।
नेकपाका नेता–कार्यकर्ताले ललितपुरको पुल्चोकमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमविरुद्ध प्रदर्शन गरिरहेका बेला दाहालले पनि उनीहरूसँग स्वरमा स्वर मिलाएर नारा लगाइरहेका थिए। कार्यकर्ताले एमसिसीविरुद्ध नारा लगाउन थालेपछि उनले सुरुमा त्यसो नगर्न आग्रह गरे। तर कार्यकर्ताले एमसिसीविरुद्धको नाराबाजी जारी नै राखेपछि असहज महसुस गर्दै दाहालले शिर झुकाएका थिए।
त्यसलगत्तै उनी कार्यक्रमबाट बाहिरिएका थिए। एमसिसीविरुद्ध नारा लाग्दा दाहालको देखाउको भावभंगीको सामाजिक सञ्जालमा समेत चर्चा भइरहेको छ। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २३ माघ २०७७, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?