नेकपाको आमहड्ताल पूर्णरूपमा सफल, जनताको समर्थनले उत्साहित बनायो : प्रचण्ड

सफल खबर संवाददाता

विहीबार, २२ माघ २०७७, १८ : ५२
नेकपाको आमहड्ताल पूर्णरूपमा सफल, जनताको समर्थनले उत्साहित बनायो : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड माधव पक्षले आजको आमहड्ताल पूर्णरूपमा सफल भएको दाबी गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आमहड्ताल सफल भएको र जनताको व्यापक सहभागिताले पूर्णरुपमा उत्साहित बनाएको बताए । 

केन्द्रीय संघर्ष समितिका संयोजक तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि विज्ञप्ति जारी गर्दै आमहड्तालमा प्राप्त सर्मथनले आफूहरूलाई उत्साहित बनाएको उल्लेख गरेका छन्।

आमहड्ताललाई बदनाम गराउन, असफल पार्न र नियोजित रुपमा मुठभेड निम्त्याउने सरकारको हर्कता पार्टी र जनताको संयमताले असफल पारिएको भएको विज्ञप्तिमा लेखिएको छ ।

आमहड्तालमा सहभागी नेताकार्यकर्ता र नागरिकलाई धन्यवादसमेत दिइएको छ। आमहड्ताल गिरफ्तार भएकाहरुलाई अविलम्ब रिहा गर्न पनि माग गरिएको छ । यस्तै देशव्यापी गरेको आम हड्ताल आज साँझ ५ बजेपछि खुलेको छ ।

प्रतिक्रिया दिनुहोस