नेकपा चितवनको आमहडताल पूर्णरुपमा सफल, सडक सरसफाइमा जुटे कार्यकर्ता

सफल खबर संवाददाता

विहीबार, २२ माघ २०७७, १६ : ५९
नेकपा  चितवनको आमहडताल पूर्णरुपमा सफल, सडक सरसफाइमा जुटे कार्यकर्ता

चितवन । प्रचण्ड माधव समूहको नेकपाको आमहडताल साँझ पाँच बजेसँगै सकिएको छ । केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध प्रचण्ड माधव समूहको नेकपाले देशव्यापी रुपमा गरेको आमहडताल पूर्ण रुपमा सफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार इन्द्रजितले चितवनमा नेकपाको आन्दोलन पूर्ण रुपमा सफल भएको बताए । 

उनले भने, ‘प्रतिगमनविरुद्ध गरेको देशव्यापी बिहीबार गरेको आमहडतालको कार्यक्रम पूर्ण रुपमा सफल भएको छ । छलफलबाट थप नयाँ आन्दोलनका कार्यक्रम जारी रहन्छ ।’ आमहडतालको कार्यक्रम सकिएसँग नेकपा चितवनका कार्यकर्ता सरसफाइमा जुटेका छन् ।

नेकपा चितवनका कार्यकर्ता आमहडतालको कार्यक्रम सफल भएपछि सडक सरसफाइमा जुटेका हुन् । उनीहरु हातमा कुचो, बोरालगायतका सामग्री लिएर सडकको सफाइ गरेका थिए । आमहडतालमा नेकपाका कार्यकर्ताहरुले खाजा, पानी खाँदा सडक फोहोर भएपछि उनीहरु आफैँ समूहमा जुटेर सरसफाइ गरेका हुन् । नारायणगढ, भरतपुरको मुख्य राजमार्गमा भएका फोहोरको व्यवस्थापनमा सयौँ कार्यकर्ताहरु खटिएका थिए । 


 

प्रतिक्रिया दिनुहोस