चितवन । प्रचण्ड माधव समूहको नेकपाको आमहडताल साँझ पाँच बजेसँगै सकिएको छ । केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध प्रचण्ड माधव समूहको नेकपाले देशव्यापी रुपमा गरेको आमहडताल पूर्ण रुपमा सफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार इन्द्रजितले चितवनमा नेकपाको आन्दोलन पूर्ण रुपमा सफल भएको बताए ।
उनले भने, ‘प्रतिगमनविरुद्ध गरेको देशव्यापी बिहीबार गरेको आमहडतालको कार्यक्रम पूर्ण रुपमा सफल भएको छ । छलफलबाट थप नयाँ आन्दोलनका कार्यक्रम जारी रहन्छ ।’ आमहडतालको कार्यक्रम सकिएसँग नेकपा चितवनका कार्यकर्ता सरसफाइमा जुटेका छन् ।
नेकपा चितवनका कार्यकर्ता आमहडतालको कार्यक्रम सफल भएपछि सडक सरसफाइमा जुटेका हुन् । उनीहरु हातमा कुचो, बोरालगायतका सामग्री लिएर सडकको सफाइ गरेका थिए । आमहडतालमा नेकपाका कार्यकर्ताहरुले खाजा, पानी खाँदा सडक फोहोर भएपछि उनीहरु आफैँ समूहमा जुटेर सरसफाइ गरेका हुन् । नारायणगढ, भरतपुरको मुख्य राजमार्गमा भएका फोहोरको व्यवस्थापनमा सयौँ कार्यकर्ताहरु खटिएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ माघ २०७७, १६ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाले माग्यो मुख्यमन्त्री शाहको राजीनामा
नेकपाको प्रतिवद्धता पत्रः १० प्रतिशत आर्थिक वृद्धि, प्रतिवर्ष ५ लाख रोजगारी, प्रत्यक्ष निर्वाचित कार्यकारी र सुशासनको ‘समाजवादी मार्गचित्र’
निर्वाचन तयारी सुदृढ बनाउन नेकपाले सातै प्रदेशमा नेताहरूलाई खटायो
आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीबाट अलग भएको समूह नेकपामा समाहित
बद्री न्यौपाने नेकपामा प्रवेश
हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित