काठमाडौँ । राजधानीको गोंगबूमा पार्किङ गरेर राखिएको ट्याक्सी प्रदर्शनकारीले जलाएका छन् । महानगरीय प्रहरी परिसरका एसएसपी अशोक सिंहका अनुसार प्रदर्शनकारीहरुले प्रदेश नम्बर ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सी जलाएका हुन् ।
यस्तै बिहान ७ बजेसम्म बन्द गराउँदै हिँडेका दाहाल(नेपाल समूहका ६० जना कार्यकर्ताहरुलाई विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । एसएसपी सिंहका अनुसार उनीहरुलाई अवाञ्छनीय गतिविधि र बन्द गराउँदै हिँडेको आरोपमा पक्राउ गरिएको हो । यस्तै, प्रदर्शनकारीहरुले जय बागेश्वरीमा एउटा गाडीको सिसा फुटाएको एसएसपी सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ माघ २०७७, ०७ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने एक जना पक्राउ
निकोलस भुसाल पक्राउ
२ सय १० ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ
युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी, एक जना पक्राउ
अवैध लागू औषधसहित चार जना पक्राउ
चोरीको मोटरसाइकल बेच्न खोज्ने दुई जना पक्राउ