काठमाडौं । निर्वाचन आयोगले सरकारले घोषणा गरेको २०७८ वैशाख १७ र २७ गतेको निर्वाचन गराउन ७ अर्ब ७ करोड रुपैयाँ खर्च आवश्यक पर्ने बताएको छ ।
आयोगको मंगलबार बसेको बैठकले ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ अर्थ मन्त्रालयसँग माग गर्ने निर्णयसमेत गरेको छ ।आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार कोभिड(१९ को महामारीको समयमा निर्वाचन सञ्चालन र व्यवस्थापन गर्दा मितव्ययीता अपनाउने गरी आयोगले कार्यविधि बनाएको छ ।
‘विगतका निर्वाचनमा प्रयोग गरी हाल मौज्दातमा रहेका मतपेटिका लगायत विभिन्न उपकरण र सवारी साधनहरू मर्मत गरी प्रयोग गर्ने व्यवस्था गरिएकोले नयाँ सामग्री, उपकरण र सवारी साधन खरिद गर्नेगरी बजेटमा समावेश गरिएको छैन’ श्रेष्ठले विज्ञप्तिमा भनेका छन् ।
आयोगले कोभिड १९ को सुरक्षा सतर्कताका लागि आवश्यक पर्ने न्यूनतम सुरक्षा व्यवस्थाका लागि ३७ करोड ४१ लाख ७४ हजार रुपैयाँ प्रस्ताव गरेको छ ।
निर्वाचनको काममा आयोग, ७७ वटै जिल्ला निर्वाचन कार्यालय, १६५ निर्वाचन अधिकृतको कार्यालय र मतदान केन्द्रमा खटिने कर्मचारी न्यूनतम संख्यामा रहने व्यवस्था गरिएको पनि आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ माघ २०७७, १७ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया
६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने
उम्मेदवारलाई चुनावी खर्च सार्वजनिक गर्न निर्वाचन आयोगको आग्रह
निर्वाचन आयोगद्वारा मातृका यादवलाई निर्वाचित भएको घोषणा