काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य स मेत नरहने गरी कारबाहीको निर्णय गरेपछि प्रचण्ड–नेपाल पक्षका नेताहरु अब केहीबेरमा निर्वाचन आयोगमा जाँदै छन् ।
पार्टीमा आफूहरुको साथमा दुई तिहाइ हाराहारीमा केन्द्रीय सदस्य रहेका तथा आधिकारिक पार्टी पनि आफूहरु नै रहेको जिकिरसहित सो पक्ष निर्वाचन आयोगमा जान लागेको हो ।
बैठक स्रोतका अनुसार केन्द्रीय सदस्यको हस्ताक्षरसहित नेताहरु निर्वाचन आयोग जान लागेका हुन् र यसबारे सो समूहको केन्द्रीय समिति बैठकमै छलफलको एजेण्डा बनाइएको थियो । बैठकमा प्रचण्डले ओलीलाई कारबाहीसहित निर्वाचन आयोगबारे एजेण्डा नै बैठकमा प्रस्तुत गरेका थिए । बैठकपछि नेता वर्षमान पुनले आजै आयोगमा गएर आधिकारिक पार्टी आफूहरु भएको दावेदारी प्रस्तुत गर्न लागिएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ माघ २०७७, १५ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समानुपातिकतर्फको निर्वाचनमा भाग लिने दललाई चिन्ह प्रदान
निर्वाचन आयोग: जनसंख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन समिति गठन
४३ वटा दल समानुपातिक निर्वाचनमा भाग नलिने
समानुपातिकतर्फ ९३ दलले दिए निर्वाचन आयोगमा निवेदन
जरिवाना नतिर्ने राजनीतिक दलको चुनाव लड्नेसम्बन्धी निवेदन खारेज
निर्वाचन आयोगद्वारा दललाई निर्वाचन चिह्न प्रदान, हेर्नुहोस् कसलाई के ?