काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य स मेत नरहने गरी कारबाहीको निर्णय गरेपछि प्रचण्ड–नेपाल पक्षका नेताहरु अब केहीबेरमा निर्वाचन आयोगमा जाँदै छन् ।
पार्टीमा आफूहरुको साथमा दुई तिहाइ हाराहारीमा केन्द्रीय सदस्य रहेका तथा आधिकारिक पार्टी पनि आफूहरु नै रहेको जिकिरसहित सो पक्ष निर्वाचन आयोगमा जान लागेको हो ।
बैठक स्रोतका अनुसार केन्द्रीय सदस्यको हस्ताक्षरसहित नेताहरु निर्वाचन आयोग जान लागेका हुन् र यसबारे सो समूहको केन्द्रीय समिति बैठकमै छलफलको एजेण्डा बनाइएको थियो । बैठकमा प्रचण्डले ओलीलाई कारबाहीसहित निर्वाचन आयोगबारे एजेण्डा नै बैठकमा प्रस्तुत गरेका थिए । बैठकपछि नेता वर्षमान पुनले आजै आयोगमा गएर आधिकारिक पार्टी आफूहरु भएको दावेदारी प्रस्तुत गर्न लागिएको बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ माघ २०७७, १५ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा निर्वाचन-२०८२ को खर्च विवरण सार्वजनिक
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया