प्रधानमन्त्री केपी शर्मा ओलीले तीन जना पूर्वप्रधानमन्त्री आफ्नो विरुद्ध देशभर ‘टुकुटुकु लौरो टेकेर’ हिँडिरहेको भन्दै व्यङ्ग्य गरेका छन् । बुढेशकालमा अर्थहीन ढंगले पूर्वप्रधानमन्त्रीहरु प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल हिँडिरहेको उनको भनाइ थियो ।
प्रतिनिधिसभा विघटन भएपछि ओलीको विरोधमा रहेका प्रचण्ड, नेपाल र खनालको नामै नलिइकन उनले भने, ‘तीन वटा प्रधानमन्त्री ९पूर्वप्रधानमन्त्री० लौरो टेकेर लुखुरलुखुर हिँड्नु भएको छ, देशभरी लाइन लागेर हिँडुनु भएको छ बुढेशकालमा ।’
‘ उहाँहरुको उद्देश्य राम्रो भएको भए स्वागत गर्न मिल्थ्यो । तर पार्टी ध्वस्त पार्ने र देश बर्बाद गर्ने मनसाय उहाँहरुमा छ’, चितवनमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले थपे ।
ओलीले आफू सहभागी कार्यक्रममा चितवनका विघटित प्रतिनिधिसभाका सांसद र भरतपुर महानगरपालिकाका मेयर समेत नआएको भन्दै कटाक्ष गरे ।
उनले मेयर रेणु दाहाल कार्यक्रममा नआएर पिकनिक खान गएको भन्दै आक्रोश पोखे ।
उनले आफूहरु देश बनाउने अभियानमा जुटेको भन्दै चितवन जिल्लाका लागि २ हजार क्षमताको सभाहल सिलान्यास आजै गरेको र त्यो छिट्टै उद्घाटन गर्ने तयारीमा जुटेको बताए । यस्तै राजमार्ग चौडा बनाउने कामको सिलान्यास पनि गरिएको भन्दै आफूहरुले राम्रो काम गर्दा प्रचण्ड–नेपाल समूहमा छटपटी देखिएको टिप्पणी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ माघ २०७७, १६ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्की आयोगको सिफारिस ‘चरम पूर्वाग्रह’: अध्यक्ष ओली
रेनु दाहालको निर्वाचन परिणामप्रति एमाले अध्यक्ष ओलीद्वारा आश्चर्यसहित दुःख व्यक्त
अस्पतालमा ओली पिताप्रति श्रद्धाञ्जली
‘फागुन २१ कहिल्यै नबिर्सने दिन हो’ : ओली
बालकोट पुगेर ओलीले गरे मतदान
निर्वाचनको निष्पक्षतामाथि ओलीको प्रश्न