प्रधानमन्त्री केपी शर्मा ओलीले तीन जना पूर्वप्रधानमन्त्री आफ्नो विरुद्ध देशभर ‘टुकुटुकु लौरो टेकेर’ हिँडिरहेको भन्दै व्यङ्ग्य गरेका छन् । बुढेशकालमा अर्थहीन ढंगले पूर्वप्रधानमन्त्रीहरु प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल हिँडिरहेको उनको भनाइ थियो ।
प्रतिनिधिसभा विघटन भएपछि ओलीको विरोधमा रहेका प्रचण्ड, नेपाल र खनालको नामै नलिइकन उनले भने, ‘तीन वटा प्रधानमन्त्री ९पूर्वप्रधानमन्त्री० लौरो टेकेर लुखुरलुखुर हिँड्नु भएको छ, देशभरी लाइन लागेर हिँडुनु भएको छ बुढेशकालमा ।’
‘ उहाँहरुको उद्देश्य राम्रो भएको भए स्वागत गर्न मिल्थ्यो । तर पार्टी ध्वस्त पार्ने र देश बर्बाद गर्ने मनसाय उहाँहरुमा छ’, चितवनमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले थपे ।
ओलीले आफू सहभागी कार्यक्रममा चितवनका विघटित प्रतिनिधिसभाका सांसद र भरतपुर महानगरपालिकाका मेयर समेत नआएको भन्दै कटाक्ष गरे ।
उनले मेयर रेणु दाहाल कार्यक्रममा नआएर पिकनिक खान गएको भन्दै आक्रोश पोखे ।
उनले आफूहरु देश बनाउने अभियानमा जुटेको भन्दै चितवन जिल्लाका लागि २ हजार क्षमताको सभाहल सिलान्यास आजै गरेको र त्यो छिट्टै उद्घाटन गर्ने तयारीमा जुटेको बताए । यस्तै राजमार्ग चौडा बनाउने कामको सिलान्यास पनि गरिएको भन्दै आफूहरुले राम्रो काम गर्दा प्रचण्ड–नेपाल समूहमा छटपटी देखिएको टिप्पणी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ माघ २०७७, १६ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एघारौं महाधिवेशनको उद्घाटन सत्रमा ओलीले के भने ? (पूर्णपाठ)
‘म ढुक्कले भन्छु, एमाले अजम्बरी छ : ओली
‘हाम्रो राजनीति केवल सत्ता बदल्ने होइन, सुरक्षाको अनुभूति दिने राजनीति हो’: ओली
रिमोटबाट झण्डोत्तलन गर्दै ओलीले गरे ११ औं महाधिवेशन उद्घाटन
सरकारले जेन जेडसँग गरेको सम्झौता कलाविहीन नाटक थियो: ओली
२७ गते सल्लाघारीमा सहभागी हुन केपी ओलीले पठाए पत्र