कैलाली । कैलालीमा आफ्नै घरको सिँढीमा एक युवती मृत फेला परेकी छन् ।
कैलारी गाउँपालिका–५ पवेराकी अन्दाजी ३५ वर्षीया सजिना माझी आफ्नै घरको सिँढीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शुक्रबार राति उनी घरको सिँढीमा मृत अवस्थामा भेटिएकी हुन् । घटनाको जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।
मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० असार २०८३, ०८ : ४४
लेखकबाट थप