चितवन । प्रतिनिधिसभा विघटनको विरुद्दमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले विरोध जनाएको छ ।
प्रधानमन्त्री ओलीले चालेको कदमको विरुद्ध सुरुदेखि नै विरोध र संघर्ष गर्दै आएको नेकपा चितवनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै विरोध जनाएको हो ।
मशाल जुलुस, विरोध सभा, सिठी जुलुसलगायतका विरोधका कार्यक्रमहरु सम्पन्न गरिसकेको नेकपाले ओली सरकारले पञ्चायतकालमा राजाहरुबाट गरिने पञ्च ¥यालीको शैलीमा सत्ताको दुरुपयोग गरी जिल्ला जिल्लामा कार्यक्रम गर्न थालेको र त्यसता कार्यक्रमको कुनै अर्थ नभएको भन्दै ओली समूहका केही व्यक्तिहरुले जिल्ला कमिटीको नाउँमा गतिविधि गर्दै आएको बताईएको छ ।
असंवैधानिक तबरले संसद् विघटन गरिनुले मुलुक प्रतिगमनको बाटोमा जान लागेको अवस्थामा संसद् पुनस्र्थापना गरेरमात्रै संविधानको रक्षा गर्न सकिने र प्रतिगमन रोकिने नेकपाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ माघ २०७७, १३ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेता–कार्यकर्ताका लागि नेकपाको नयाँ आचारसंहिता, भ्रष्टाचारदेखि अश्लील भाषासम्म निषेध
रास्वपाको दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको छ : नेकपा
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ