चितवन । प्रतिनिधिसभा विघटनको विरुद्दमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले विरोध जनाएको छ ।
प्रधानमन्त्री ओलीले चालेको कदमको विरुद्ध सुरुदेखि नै विरोध र संघर्ष गर्दै आएको नेकपा चितवनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै विरोध जनाएको हो ।
मशाल जुलुस, विरोध सभा, सिठी जुलुसलगायतका विरोधका कार्यक्रमहरु सम्पन्न गरिसकेको नेकपाले ओली सरकारले पञ्चायतकालमा राजाहरुबाट गरिने पञ्च ¥यालीको शैलीमा सत्ताको दुरुपयोग गरी जिल्ला जिल्लामा कार्यक्रम गर्न थालेको र त्यसता कार्यक्रमको कुनै अर्थ नभएको भन्दै ओली समूहका केही व्यक्तिहरुले जिल्ला कमिटीको नाउँमा गतिविधि गर्दै आएको बताईएको छ ।
असंवैधानिक तबरले संसद् विघटन गरिनुले मुलुक प्रतिगमनको बाटोमा जान लागेको अवस्थामा संसद् पुनस्र्थापना गरेरमात्रै संविधानको रक्षा गर्न सकिने र प्रतिगमन रोकिने नेकपाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ माघ २०७७, १३ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँमा आज नेकपाको एकता सन्देश सभा
एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान
भोलि सुर्खेतमा नेकपाको एकता सभा: प्रचण्ड, माधव र भीम रावलले सम्बोधन गर्ने
जनार्दनलाई नेकपा कार्यकर्ताले गृह जिल्लामै देखाए कालो झन्डा
आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा
आजदेखि सातै प्रदेशमा नेकपाको सन्देश सभा, कहाँ–कहिले ?