पूर्वराजा ज्ञानेन्द्र शैलीमा दमनमा उत्रिएका ओलीको पतन नजिकिँदै

सफल खबर संवाददाता

शुक्रबार, १६ माघ २०७७, १२ : २८
पूर्वराजा ज्ञानेन्द्र शैलीमा दमनमा उत्रिएका ओलीको पतन नजिकिँदै

file photo

काठमाडौँ । २०४६ सालको आन्दोलन चल्दा निरञ्जन थापा गृहमन्त्री थिए । २०६२ मा आन्दोलन चल्दा कमल थापा गृहमन्त्री थिए । यतिबेला प्रतिगमन विरुद्ध आन्दोलन चल्दा रामबहादुर थापा गृहमन्त्री छन् । यतिबेला विगतका पूर्वपञ्च र ओलीका मानिसहरुले नेपाली जनतालाई गर्ने व्यवहार उस्तै छ । 
हिजो कमल थापाले आन्दोलनकारीलाई गोली हान्न आदेश दिन्थे ।  आज प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलले नेतृत्व गरेको पुलिसले नागरिक समाजका अगुवामाथि लाठी बर्साउँछ । घाइते बनाउँछ र दमनको नीति अख्तियार गर्छ । लोकतन्त्रको नाममा राज्य आतंक बढदै गएको छ । गणतन्त्रको नाममा ओलीतन्त्र हावी हुन थालेको छ । जनता मार्ने आदेश समेत आउन थालेको छ ।

 नागरिक समाजमाथि बालुवाटार आसपासको क्षेत्रमा भएको दमन तथा ज्यादती त्यसैको उपज हो । नागरिक समाजका अगुवाले त तेस्रो जनआन्दोलन शुरु भएको उद्घोष नै गरेका छन् । अब ओलीको प्रतिगमन र असंवैधानिक कू विरुद्ध क्रमशः जनमत बन्दै गएको छ । वृद्ध भइसकेका कानून व्यवसायीमाथि उनले गरेको टिप्पणी तुलसी गिरीको भन्दा फरक छैैन । गुरुका पनि गुरु कृष्णप्रसाद भण्डारीमाथि ओलीले जुन खालको छुद्र टिप्पणी गरे, त्यो आफैमा क्षम्य विषय होइन । ओलीले जुन खालको व्यवहार आफना विरोधी माथि देखाएका छन्, त्यसले ओलीको पतन निश्चित भएको प्रष्ट गरेको छ ।

 किनकी जब जब शासकहरु जनताबाट कट्दै जान्छन्, तब उनीहरुले दमनको भाषा बोल्छन्, उनीहरुले ज्यादतीको भाषा बोल्छन् । उनीहरुले काननको नाममा कानून हालमा लिएर जनतामाथि गोली बर्षाउँछन् । राज्यकोषमाथि लुटपाट मच्चाउँछन् । अहिले त्यही भएको छ । त्यो क्रम अझै केही समय अझै बढ्नेछ । विगतमा पनि जनआन्दोलन उठ्न शासकहरुले नै सहयोग पु¥याएका थिए । कमल थापाहरुले जनतामाथि ज्यादती बढाउँदै लगेका कारण शाहीतन्त्र ढलेको थियो । यतिबेला पनि ओलीले जसरी व्यवहार देखाएका छन् । 

उनले जसरी जनतामाथि हेला होचो गरेका छन्, त्यसले ओली अब सकिन लागेको र जनताका सामु हार्न लागेको प्रष्ट भएको छ । विगतको पञ्चायती शैलीमा खाजा र खाना दिने भन्दै भारदारी सभा देशभर गरिएको छ । ओलीको पक्षमा कोही पनि नभएको प्रष्ट भएको अवस्थामा लोकतन्त्रको नाम दिएर उनले जुन खालको अराजक व्यवहार देशभर देखाएका छ्न, त्यसले उनको पतनको उल्टो दिनगन्ती शुरु भएको प्रष्टै देखिएको राजनीतिक विश्लेषकहरुको टिप्पणी छ ।  

कमल थापाको हैसियतमा रामबहादुर
किनकी ज्ञानेन्द्रकालका अन्तिम दिनमा पनि कमल थापा तथा श्रीस शम्सेरहरुले त्यस्तै व्यवहार देखाएका थिए । नागरिक आन्दोलनमाथि दमन गरिएको थियो । गोली हानिएको छ । विगतका जनयुद्धका कमाण्डर रहेका भनिएका लिनप्याओवादी रामबहादुरहरुले नागरिक समाजमाथि यतिबेला जुन खालको बल प्रयोग गरेका छन्, त्यसले ज्ञानेन्द्रको गृहमन्त्री रहेका कमल थापाको हैसियतमा रामबहादुरलाई पु¥याइदिएको छ ।

निर्मला पन्तको बलत्कारीलाई पक्राउ गर्न नसक्ने, कारवाही गर्न नसक्ने, अमेरिकामा पनि बलत्कार हुन्छ भन्दै भाषण दिएर हिड्ने रामबहादुर पनि ओलीसँगै पतनको दिशामा लागेका छन् । नेपाली समाजमा एउटा उखान छ, भीरबाट लडन लागेको गोरुलाई राम राम भन्न सकिन्छ, काँध थाप्न सकिदैन । ओली र रामबहादुरको हैसियत त्यही गोरुको भन्दा फरक नहुने राजनीतिक विश्लेषकहरुको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस