काठमाडौँ । सरकारले गत पुस ५ गते संसद विघटन गरेपछि प्रचण्ड-माधव समूह सडक संघर्षमा रहेको छ । उनीहरुले सरकारको कदम असंवैधानिक र प्रतिगामी भएको भन्दै आन्दोलन गरिरहेका हुन् । यसैबिच निर्वाचन आयोगले राजनीतिक छलफलका लागि भन्दै नेकपाका दुवै अध्यक्षलाई कार्यालयमा बोलाएको छ ।
निर्वाचन आयोगले बोलाएको छलफलमा नेकपाको प्रचण्ड–माधव पक्ष सहभागी हुन नसक्ने जानकारी गराएका छन् । आयोगले बिहीबार निर्वाचन प्रयोजनका लागि दल दर्ता र निर्वाचन तयारीका लागि भएका कामबारे छलफल गर्न नेकपाका दुवै पक्षलाई आयोगमा बोलाएको थियो ।
आयोगले नेकपाका दुवै पक्ष अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्बोधन गरेर पाँचपाँच जना प्रतिनिधि पठाउन आग्रह गरेको थियो । आयोगको यो आग्रहपछि शुक्रबार प्रचण्ड–माधव पक्षका नेताहरु लिलामणि पोखरेल, राजेन्द्र पाण्डे र मुक्ति प्रधान आयोग पुगेर अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल राजनीतिक कार्यक्रमका लागि उपत्यका बाहिर भएको र उनीहरु आफै आयोगमा आउन चाहेकाले माघ १८ पछि आयोगले बोलाएमा उपस्थित हुने जानकारीपत्र बुझाएका छन् ।
‘पार्टी अध्यक्ष माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड दुवै अध्यक्ष माघ १८ गतेसम्म उपत्यका बाहिरका राजनीतिक कार्यक्रममा व्यस्त रहनुभइ प्रतिनिधि मनोनयन गर्ने अवस्था नभएको र उक्त छलफलमा अध्यक्ष स्वयम् उपस्थित भइ छलफल गर्न चाहानुभएको हुँदा सो का लागि आज तोकिएको समयमा उपस्थित हुन सम्भव हुन नसकेको व्यहोरा अवगत गराउन चाहान्छुु,’ केन्द्रीय कार्यलयका कार्यालय सचिव श्रीराम ढकालले हस्ताक्षर गरेको पत्रमा भनिएको छ ।
यसअघि पुस ५ पछि ओली र प्रचण्ड पक्षले छुट्टाछुट्टै बैठक बसेर गरेका निर्णय मान्य नहुने जनाएको आयोगले दुवै पक्षले गरेका निर्णयलाई खारेज गरेको जनाएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ माघ २०७७, १२ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा चुनावमा स्वस्तिक छाप र मतपत्र छाप्न आवश्यक कागज पुग्दो छ: निर्वाचन आयोग
निर्वाचनमा साढे ७ अर्ब खर्च हुने आयोगको अनुमान
दर्ता भएका १२४ दलको सूची सार्वजनिक
दलको संख्या १२४, थप १७ पार्टी दर्ता प्रक्रियामा
राष्ट्रपति पौडेलसमक्ष निर्वाचन आयोगको प्रतिवेदन पेस
राजनीतिक दलद्वारा शान्ति सुरक्षा र भयरहित निर्वाचन गर्न निर्वाचन आयोगको ध्यानाकर्षण