काठमाडौँ । दक्षिणकाली नगरपालिका–९ हुमानेमा मंगलबार राति ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
गएराति साढे ८ बजे थाहाखेलबाट फर्पिङतर्फ आउँदै गरेको बा३ख ६१९९ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको हो ।
ट्राफिक पोस्ट फर्पिङका प्रमुख प्रहरी नायव निरीक्षक ताराबहादुर चन्दका अनुसार ओरालोमा ब्रेक फेल भएर अनियन्त्रित ट्रक सडकबाट तल खसेर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
ईलाका प्रहरी कार्यालय फर्पिङका अनुसार मृत्यु हुनेमा ट्रक चालक मकवानपुरको थाहा नगरपालिका–४ बज्रबाराहीका ३१ वर्षीय मोहनलाल रुम्बा र परिचालक अछाम घर भई काठमाडौंको दक्षिणकाली बस्ने २८ वर्षीय गोमबहादुर बुढा छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका दुबै जनाको उपचारका क्रममा ट्रमा सेन्टर काठमाडौंमा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ माघ २०७७, १२ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खेत रोप्न गएकी महिलाको नदीमा डुबेर मृत्यु
लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु
छोराको कुटपिटबाट आमाको मृत्यु
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु