जुम्ला । जुम्लाका तिला गाउँपालिका–७ गोठीगाउँमा २५ घर जलेर नष्ट भएका छन् । मंगलबार साँझ गोठीगाउँमा आगलागी हुँदा गाउँका २५ घर जलेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
आगलागीको खबर पाएपछि खलंगा बजारबाट प्रहरी निरीक्षक नवीन थापा मगरको कमान्डमा १५ जना र प्रहरी चौकी रारालिहीबाट प्रहरी नायब निरीक्षक झुपेन्द्रबहादुर शाहीको कमान्डमा ३ जना र प्रहरी चौकी कुडारीबाट प्रहरी जवान नरेन्द्र देउवाको कमान्डमा ३ जनाको टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनास्थलमा रहेको टोलीले आगलागीबाट २५ घर जलेर नष्ट भएको खबर पठाएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी युवनकुमार चौधरीले बताए । ‘गाउँका घरहरु जलेर नष्ट भएका छन्,’ उनले भने, ‘मानवीय क्षति भने भएको छैन, अन्नबाली र चौपायाको क्षति भएको भन्ने खबर छ । यकिन विवरण अझै आइसकेको छैन ।’
आगलागी भएको गाउँ खलंगा बजा देखि ३५ किलोमिटर पश्चिममा रहेको छ । गोठीगाउँमा हिउँदमा खासै मान्छे नबस्ने भएकाले मानवीय क्षति नभएको तिला गाउँपालिकाकी उपाध्यक्ष विष्णु बुढाले बताइन् ।
गोठीगाउँका बासिन्दा हिउँदमा चिसो छल्न बेसी झर्ने र गाउँमा केही कुरुवा मात्रै बस्ने भएकाले मानवीय क्षति हुनबाट जोगिएको उनले जानकारी दिइन् । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १४ माघ २०७७, ०७ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टिपरमा एकाएक आगलागी
फ्रान्सको जंगलमा भीषण आगलागी, महिलाको मृत्यु
चार महिनामा एक हजार बढी आगलागीका घटना
धनगढीमा भीषण आगलागीबाट आठवटा सटर जलेर नष्ट
वडा कार्यालयमा आगलागी, आठ लाख बराबरको क्षति
टर्कीमा आगलागीः ५५० भन्दा बढीलाई सुरक्षित स्थानमा सारियो