काठमाडौं । सरकारले तिर्नुपर्ने ऋणको अंश बढ्दै गएको छ । अर्थ मन्त्रालयलका अनुसार सरकारलाई अहिले १४ खर्ब ९१ करोड ५६ लाख रुपैयाँ ऋण छ । यो रकम साउनको तुलनामा ८८ अर्ब २० करोड रुपैयाँले धेरै हो । गत साउनमा सरकारको सार्वजनिक ऋण १३ खर्ब १२ अर्ब ७१ करोड रुपैयाँ थियो ।
चालु आर्थिक वर्ष ( २०७७÷७८) को मंसिरसम्म सरकारको थाप्लोमा परेको सो ऋणमा वैदेशिक ऋण मात्र ८ खर्ब २० अर्ब ८२ करोड रुपैयाँ रहेको छ । यस्तै ६ खर्ब ७० अर्ब ७४ करोड रुपैयाँ आन्तरिक ऋण रहेको अर्थ मन्त्रालयले प्रकाशित गरेको मासिक तथ्यांकले देखाउँछ ।
सरकारले आन्तरिक ऋणको १२ अर्ब २३ करोड रुपैयाँ ब्याज भुक्तानी गरेको छ भने बाह्य ऋण तर्फको साँवा र ब्याज गरेर ३२ अर्ब ५६ करोड रुपैयाँ भुक्तानी गरेको छ ।
सरकारलाई लाग्ने ऋण भनेको प्रत्येक नेपालीको थाप्लोमा पर्ने ऋण हो । नेपालको जनसंख्या ३ करोड २ लाख २३ हजार सात सय ९८ जनालाई आधार मान्दा एक नेपालीको भागमा ४६ हजार ३ सय ५१ रुपैयाँ ४० पैसा ऋण पर्छ ।
पछिल्लो समय नेपालले पाउँने अनुदानको रकम कटौती हुँदै गएको छ भने ऋणको अंश बढिरहेको छ । अहिले वैदेशिक ऋणको अंश ८२.१ प्रतिशत छ भने अनुदानको अंश १७.९ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ माघ २०७७, १६ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थ मन्त्रालयका ३० उपसचिवको एकैपटक सरुवा र पदस्थापन (सूचीसहित)
अर्थ मन्त्रालयद्वारा चालु आर्थिक वर्षमा कार्यान्वयन गरिरहेको बजेट खर्च हुने संशोधित अनुमान सार्वजनिक
घरमा धेरै रकम नराखेर विद्युतीय भुक्तानी गर्न अर्थ मन्त्रालयको अपिल
अर्थ मन्त्रालयका सबै टिप्पणी अब डिजिटल स्वीकृतिबाट
अर्थ मन्त्रालयद्वारा निर्वाचन र पुनर्निर्माणका लागि स्रोत खोज्न तीन सदस्यीय कार्यदल गठन
अर्थ मन्त्रालयमातहतका ९० जना अधिकृतको जिम्मेवारी हेरफेर