घरमा धेरै रकम नराखेर विद्युतीय भुक्तानी गर्न अर्थ मन्त्रालयको अपिल

सफल खबर संवाददाता

सोमबार, १३ असोज २०८२, १४ : ३२
घरमा धेरै रकम नराखेर विद्युतीय भुक्तानी गर्न अर्थ मन्त्रालयको अपिल

काठमाडौँ। अर्थ मन्त्रालयले ठुलो परिणाममा नगद घरमा नराख्न आग्रह गर्दै विद्युतीय कारोबारमार्फत भुक्तानीका लागि प्रोत्साहन गरेको छ ।

मन्त्रालयले सूचना जारी गर्दै जुनसुकै कारोबार सम्भव भएसम्म विद्युतीय भुक्तानीमार्फत गर्न अनुरोध गरेको हो ।

मन्त्रालयले विभिन्न व्यक्तिले स्रोत नखुलेको रकम आफ्नो निवास वा अन्यत्र लुकाई राखेको सम्बन्धमा सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको समेत जनाएको छ ।

त्यस्तै स्रोत खुलेको र प्रचलित कानूनबमोजिम आय आर्जन भएको रकम आफूसँग राख्न व्यवधान नरहेको समेत मन्त्रालयले प्रष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस