काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमन उन्मुख कदम भएको भन्दै विरोध गर्दै आइरहेको छ ।
कांग्रेसले पहिलो चरणमा गत १३ पुसमा १६५ वटै प्रतिनिधिसभातर्फका निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेकामा दोस्रो चरणअन्तर्गत २५ पुसमा ३३० वटै प्रदेश निर्वाचन क्षेत्र, ३ माघमा ७५३ वटै स्थानीय तहका पालिकाहरू तथा ८ माघमा देशभरका ६ हजार ७ सय ४३ वडामा संसद् विघटनविरुद्ध विरोध प्रदर्शन सम्पन्न गरिसकेको छ ।
तर संघीय निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र हुँदै स्थानीय तहका केन्द्र र वडातहसम्म आन्दोलन गर्दा पनि पार्टीका बैठकमा जस्तै संसद् विघटनको मुद्दामा नेताहरू आन्दोलन र निर्वाचन भन्नेमा विभाजित मानसिकताबाट अघि बढेको देखिएको छ । यसबीचमा भएका विरोध सभामा पार्टीका संस्थापन पक्ष र इतर पक्षबीच दुई थरी मत देखिएको हो । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०९ माघ २०७७, ०६ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारलाई ओभर स्मार्ट नबन्न काँग्रेस सांसद गुरुङको चेतावनी
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
विराटनगरका काँग्रेस नेता अभिषेक गिरी पक्राउ
कारागारका कैदीबन्दीको रकम असुली गरेको आरोपमा कांग्रेसका स्थानीय नेता पक्राउ
कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीको छापा
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)