काठमाडौँ । आर्थिक प्रलोभनमा परी दिइएको जिम्मेवारी इमान्दारीताका साथ निर्वाह नगर्ने तीन जना प्रहरी कर्मचारी निलम्बनमा परेका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रकम लिंदै गरेको अवस्थामा उनीहरुलाई मंगलबार नियन्त्रणमा लिएको थियो । त्यसपछि बुधबार उनीहरु निलम्बनमा परेका हुन् ।
निलम्बनमा पर्नेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी हवल्दार लोक बहादुर घर्ती, प्रहरी जवान जमुना खड्का र वडा प्रहरी कार्यालय नारायणगढ चितवनमा कार्यरत प्रहरी जवान पूर्ण सिंह रस्मी मगर रहेका छन् ।
निलम्बित प्रहरी कर्मचारीहरुको सम्बन्धमा थप छानविन गर्न प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रहरी नायव उपरीक्षक सुरेश प्रसाद काफ्लेको संयोजकत्वमा तीन सदस्यीय छानविन टोली गठन गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ माघ २०७७, २१ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुई हबलदारसहित १५ जना प्रहरी सम्पर्कविहीन
स्वागत नेपालसँग प्रहरी लियो करिब ६ घण्टा बयान
भुपेन्द्र खत्री सहित ५ एसएसपी डीआईजीमा बढुवा सिफारिस
बाक्लो हिउँ परेपछि सिमकोट सर्यो लिमी प्रहरी चौकी
चितवनका ३ ईन्सपेक्टरको सरुवा
प्रहरीको ८५ नयाँ सवारीसाधन खरिद प्रक्रिया अघि बढ्यो