भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका-६ सुरन्दरबस्ती बस्ने सुमन तामाङको घरबाट तास खेलिरहेको अवस्थामा सुमन लगायत १५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद १ लाख ८९ हजार ९ सय ५० रुपैयाँ र ६ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी भक्तपुरकै दुधपाटीस्थित बिएम रेष्टुरेन्टमा तास खेलिरहेको अवस्थामा रेष्टुरेन्ट संचालक सोही ठाउँ बस्ने ४१ वर्षीय बद्री कोजु लगायत ९ जनालाई पनि सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त रेष्टुरेन्टमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार ४ सय २० रुपैयाँ र तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ माघ २०७७, १२ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लालबन्दीबाट ३८ केजी गाँजासहित एक जना पक्राउ
नौ सय ५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
खैरो हेरोइन र नगदसहित युवक पक्राउ
बनेपा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ
प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ