काठमाडौं । त्रिभुवन विश्वविद्यालय र मातहतका क्याम्पस तथा निकायमा अध्यापनरत कर्मचारीको तलबमा मात्रै वार्षिक अनुमानित खर्च ४ अर्ब रुपैयाँ हुने गरेको पाइएको छ ।
त्रिवि मातहत रहेका प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापक, सहायक प्राध्यापक, शिक्षण सहायकलगायतका लागि मात्रै वार्षिक अनुमानित ३ अर्ब ८७ करोड १६ लाख ७० हजार ७ सय ६० रुपैयाँ तलब स्केलमा खर्च हुने गरेको छ । यसरी हेर्दा त्रिविमा अध्यापन गर्नेहरूको मासिक तलबमा अनुमानित ३२ करोड २६ लाख ३९ हजार २ सय ३० रुपैयाँ खर्च हुने गरेको देखिएको त्रिवि आर्थिक प्रशासन महाशाखाले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।
त्रिविको १ साउन २०७६ देखि लागु भएको तलबमानअनुसार प्राध्यापकका लागि वार्षिक ४१ करोड २१ लाख ३८ हजार ५ सय ६० रुपैयाँ खर्च हुने गरेको छ । यस्तै सहप्राध्यापकका लागि वार्षिक १ अर्ब २५ करोड ४२ लाख ४३ हजार ३ सय ६० रुपैयाँ खर्च हुने गरेको छ । त्रिवि आर्थिक प्रशासन महाशाखाका अनुसार उपप्राध्यापकका लागि तलबमा मात्रै वार्षिक १ अर्ब ४८ करोड २७ लाख ५३ हजार ६ सय रुपैयाँ खर्च हुने गरेको छ । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०५ माघ २०७७, ०७ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिविको निर्णयविरुद्ध १०त्रिवि संगठन, दलीय संरचना हटाउने निर्देशन फिर्ता लिन माग
त्रिविका हरेक क्याम्पसमा ‘स्मार्ट’ कक्षा सञ्चालन गरिने
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी
त्रिविद्वारा अतिक्रमित सम्पत्ति ३५ दिनभित्र फिर्ता गर्न निर्देशन, अटेरी गरे कानुनी कारवाही अघि बढाउने चेतावनी
यी हुन् त्रिविको दीक्षान्त समारोहमा पदक पाउने विद्यार्थी (सूचीसहित)
यस्तो छ त्रिवि जग्गा खोजबिन समितिको प्रतिवेदन (पूर्णपाठ)