काठमाडौं । त्रिभुवन विश्वविद्यालय र मातहतका क्याम्पस तथा निकायमा अध्यापनरत कर्मचारीको तलबमा मात्रै वार्षिक अनुमानित खर्च ४ अर्ब रुपैयाँ हुने गरेको पाइएको छ ।
त्रिवि मातहत रहेका प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापक, सहायक प्राध्यापक, शिक्षण सहायकलगायतका लागि मात्रै वार्षिक अनुमानित ३ अर्ब ८७ करोड १६ लाख ७० हजार ७ सय ६० रुपैयाँ तलब स्केलमा खर्च हुने गरेको छ । यसरी हेर्दा त्रिविमा अध्यापन गर्नेहरूको मासिक तलबमा अनुमानित ३२ करोड २६ लाख ३९ हजार २ सय ३० रुपैयाँ खर्च हुने गरेको देखिएको त्रिवि आर्थिक प्रशासन महाशाखाले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।
त्रिविको १ साउन २०७६ देखि लागु भएको तलबमानअनुसार प्राध्यापकका लागि वार्षिक ४१ करोड २१ लाख ३८ हजार ५ सय ६० रुपैयाँ खर्च हुने गरेको छ । यस्तै सहप्राध्यापकका लागि वार्षिक १ अर्ब २५ करोड ४२ लाख ४३ हजार ३ सय ६० रुपैयाँ खर्च हुने गरेको छ । त्रिवि आर्थिक प्रशासन महाशाखाका अनुसार उपप्राध्यापकका लागि तलबमा मात्रै वार्षिक १ अर्ब ४८ करोड २७ लाख ५३ हजार ६ सय रुपैयाँ खर्च हुने गरेको छ । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०५ माघ २०७७, ०७ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी हुन् त्रिविको दीक्षान्त समारोहमा पदक पाउने विद्यार्थी (सूचीसहित)
यस्तो छ त्रिवि जग्गा खोजबिन समितिको प्रतिवेदन (पूर्णपाठ)
उत्तरपुस्तिका जलेपछि पुनः परीक्षा गर्ने त्रिविको निर्णय
त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तर पुस्तिका जले
त्रिविद्वारा उपप्राध्यापक पदमा दरखास्त आह्वान
सल्टिएन त्रिविको समस्या : पदाधिकारी अझै कार्यकक्षबाहिरै