ललितपुर । फेसबुकमा सस्तोमा समान विक्री गर्ने विज्ञापन गर्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरले उजुरीका आधारमा ठगीमा संलग्न प्रमोद साहलाई पर्साबाट र मेवालाल साह तेलीलाई काठमाडौबाट पक्राउ गरेको जनाएको हो । पक्राउ पर्ने क्रमश २८ र ३९ वर्षका साह पर्सा निवासी हुन् ।
उनीहरुले फेसबुकमा विभिन्न इलेक्ट्रोनिक समानहरु कम्प्युटर, मोवाइल, घडी, ल्यापटप क्यामेरा लगायतका सामान बजार मूल्य भन्दा सस्तोमा डेलिभरी गराउने भनि फेसबुकमा विज्ञापन राखि विभिन्न व्यक्तिहरुलाई लोभलालचमा पारी रकम डिपोजित गर्न लगाउने र त्यसरी रकम जम्मा भएपछि सम्पर्कविहिन भइ समान समेत डेलिभरी नगर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।
त्यसक्रममा उनीहरुले एक करोड रुपैयाँ ठगेको प्रहरीले जनाएको छ । उनीहरुबारे जिल्ला अदालत ललितपुरबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ माघ २०७७, १५ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१७ करोडभन्दा बढीको क्रिप्टो कारोबारमा चिनियाँ नागरिक पक्राउ
नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ
४० हजार घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ
व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ
ठगी गरेको अभियोगमा एक जना पक्राउ