ललितपुर । फेसबुकमा सस्तोमा समान विक्री गर्ने विज्ञापन गर्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरले उजुरीका आधारमा ठगीमा संलग्न प्रमोद साहलाई पर्साबाट र मेवालाल साह तेलीलाई काठमाडौबाट पक्राउ गरेको जनाएको हो । पक्राउ पर्ने क्रमश २८ र ३९ वर्षका साह पर्सा निवासी हुन् ।
उनीहरुले फेसबुकमा विभिन्न इलेक्ट्रोनिक समानहरु कम्प्युटर, मोवाइल, घडी, ल्यापटप क्यामेरा लगायतका सामान बजार मूल्य भन्दा सस्तोमा डेलिभरी गराउने भनि फेसबुकमा विज्ञापन राखि विभिन्न व्यक्तिहरुलाई लोभलालचमा पारी रकम डिपोजित गर्न लगाउने र त्यसरी रकम जम्मा भएपछि सम्पर्कविहिन भइ समान समेत डेलिभरी नगर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।
त्यसक्रममा उनीहरुले एक करोड रुपैयाँ ठगेको प्रहरीले जनाएको छ । उनीहरुबारे जिल्ला अदालत ललितपुरबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ माघ २०७७, १५ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटमा फरार २ कैदीसहित ११ प्रतिवादी पक्राउ
सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने एक जना पक्राउ
निकोलस भुसाल पक्राउ
२ सय १० ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ
युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी, एक जना पक्राउ
अवैध लागू औषधसहित चार जना पक्राउ