काठमाडौं । चोरी मुद्दाका एक फरार प्रतिवादीलाई काठमाडौं प्रहरीले १५ वर्षपछि पक्राउ गरेको छ । दोलखाको भिमेश्वर नगरपालिका वडा नं. ५ का ४१ वर्षीय फरार प्रतिवादी दिपक श्रेष्ठलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।
नवराज न्यौपाने सहित १० जनाको फरकफरक जाहेरी परेको १० वटा चोरी मुद्दामा ५८ वर्ष कैद सजाए सुनाएका श्रेष्ठ फरार भएपछी महाशाखाबाट खटिएको विशेष टोलीले खोजतलास गरेको थियो ।
टोलीले काठमाण्डौ महानगरपालिका वडा नं. ६ बौद्धमा श्रेष्ठलाइ फेला पारी पक्राउ गरेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए । श्रेष्ठलाई फैसला कार्यन्वयनको लागि काठमाण्डौ जिल्ला अदालतमा उपस्थित गराईएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला अदालतले २०६३ साल पुष २३ गते श्रेष्ठलाई ५८ वर्ष कैद सजाय फैसला गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ माघ २०७७, १४ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटमा फरार २ कैदीसहित ११ प्रतिवादी पक्राउ
सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने एक जना पक्राउ
निकोलस भुसाल पक्राउ
२ सय १० ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ
युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी, एक जना पक्राउ
अवैध लागू औषधसहित चार जना पक्राउ