काठमाडौं । चोरी मुद्दाका एक फरार प्रतिवादीलाई काठमाडौं प्रहरीले १५ वर्षपछि पक्राउ गरेको छ । दोलखाको भिमेश्वर नगरपालिका वडा नं. ५ का ४१ वर्षीय फरार प्रतिवादी दिपक श्रेष्ठलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।
नवराज न्यौपाने सहित १० जनाको फरकफरक जाहेरी परेको १० वटा चोरी मुद्दामा ५८ वर्ष कैद सजाए सुनाएका श्रेष्ठ फरार भएपछी महाशाखाबाट खटिएको विशेष टोलीले खोजतलास गरेको थियो ।
टोलीले काठमाण्डौ महानगरपालिका वडा नं. ६ बौद्धमा श्रेष्ठलाइ फेला पारी पक्राउ गरेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए । श्रेष्ठलाई फैसला कार्यन्वयनको लागि काठमाण्डौ जिल्ला अदालतमा उपस्थित गराईएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला अदालतले २०६३ साल पुष २३ गते श्रेष्ठलाई ५८ वर्ष कैद सजाय फैसला गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ माघ २०७७, १४ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१७ करोडभन्दा बढीको क्रिप्टो कारोबारमा चिनियाँ नागरिक पक्राउ
नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ
४० हजार घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ
व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ
ठगी गरेको अभियोगमा एक जना पक्राउ