गणतन्त्रका संवाहकहरूको आरोप प्रत्यारोपले वितृष्णा पैदा गर्यो : कमल थापा

सफल खबर संवाददाता

शनिबार, ०३ माघ २०७७, १० : ०४
गणतन्त्रका संवाहकहरूको आरोप प्रत्यारोपले वितृष्णा पैदा गर्यो : कमल थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघियताका संवाहकहरूको परस्पर आरोप प्रत्यारोपको भाषा, शैली र स्तरले राजनीतिक प्रणालीमाथी नै जनतामा वितृष्णा र घृणा पैदा गरेको टिप्पणी गरेका छन् ।

Yeti Diistillery Tansen Cement box

अहिले प्रमुख दलहरुमा चलिरहेको आरिप प्रत्यारोपमाथि सामाजिक संजालमा टिप्पणी गर्दै अध्यक्ष थापाले स्वार्थगत आधारमा संविधान, न्यायालय र व्यवस्थाको धज्जी उडाउने कार्यले उनीहरू आफूले स्थापित गरेका मान्यतालाई औचित्यहिन साबित गरी रहेको बताएका छन् ।

उनले भनेका छन्–‘गणतन्त्र,धर्मनिरपेक्षता र संघियताका संवाहकहरूको परस्पर आरोप प्रत्यारोपको भाषा ।शैलीको स्तरले राजनीतिक प्रणालीमाथी नै जनतामा वितृष्णा र घृणा पैदा गरेकोछ ।

स्वार्थगत आधारमा संविधान,न्यायालय र व्यवस्थाको धज्जी उडाउने कार्यले उनीहरू आफूले स्थापित गरेका मान्यतालाई औचित्यहिन साबित गरी रहेछन् ।’

प्रतिक्रिया दिनुहोस