‘ओली नांगो राजा, बालुवा पेलेर तेल आउँदैन’

पत्रपत्रिकाबाट

विहीबार, ०१ माघ २०७७, ०७ : ३४
‘ओली नांगो राजा, बालुवा पेलेर तेल आउँदैन’

file-photo

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली ‘नांगो राजा’ भएको टिप्पणी गरेका छन् ।

शरीरमा लुगा नलगाएको राजालाई सबैले आहा ! कति राम्रो लुगा लगाएको भन्ने तर राजाले आफू नांगो भएको महसुसै नगर्ने र नांगो कसैले पनि भन्न नसक्ने प्रसंग सुनाउँदै नेपालले ओली पनि नांगो राजा भएको टिप्पणी गरे । काठमाडौंमा दाहाल–नेपाल समूहले बुधबार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो टिप्पणी गरेका हुन् ।

ओली कहिल्यै नसुध्रिने मान्छे भएकाले पार्टी एकता गर्ने वामदेव गौतमको प्रयास सफल नहुने नेपालल बताए । नेपालले २०५१ सालदेखि नै ओलीले पार्टीमा गुट चलाउँदै अलग पार्टीको अभ्यास गरेको आरोप लगाए ।

‘उहाँले विभिन्न तहमा गुट चलाउनुभयो तर पनि पार्टीलाई विभाजन गर्न दिइएको थिएन,’ नेपालले भने, ‘कमरेड वामदेव गौतम अहिले बालुवा पेल्दै हुनुहुन्छ । प्रचण्ड (पुष्पकमल दाहाल) ले पनि कुकुरको पुच्छर सोझिन्छ कि भनेर तेल लगाउनुभयो । तर बालुवा पेलेर तेल निस्कनेवाला छैन । केपी ओली सुध्रिने मानिस होइनन् ।’ नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस