काठमाडौँ । जिल्ला प्रहरी कार्यालय बाँकेले हत्यामा संलग्न भई फरार रहेका दुई जनालाई पक्राउ गरेको छ । विसं २०७२ असार २८ गते चेतन मानन्धरको हत्यामा संलग्न भएको दोषमा नेपालगञ्जका हरि वली र विवाद पाठकलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेले आज पत्रकार सम्मेलन गरी दुई अभियुक्तलाई सार्वजनिक गरेको छ । नेपालगञ्ज १२ सुर्खेतरोडमा नेपालगञ्ज उपमहानगरपालिका –८ का २८ वर्षीय मानन्धरको हतियार प्रहार गरी हत्या गरिएको थियो ।
उक्त घटनाका अभियुक्त नेपालगञ्ज –१८ का ३० वर्षीय वली र ३१ वर्षीय पाठकलाई उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासले आजीवन कैद सजाय तोकेको थियो । त्यसलगत्तै उनीहरु फरार थिए ।


प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २८ पुस २०७७, २० : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिन्धुलीमा ५७ हजार अमेरिकी डलरसहित एकजना पक्राउ
प्रहरीमाथि चक्कु प्रहार गर्ने गिरोहका ४ जना पक्राउ
१० लाख बढी हुन्डीको रकमसहित ३ जना पक्राउ
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ