काठमाडौँ । थाईल्याण्डमा गैर कानूनी रुपमा प्रवेश गरेको आरोपमा १९ रोहिङ्या मुसलमान र एक थाई महिला पक्राउ परेका प्रहरीले जानाकारी दिएको छ । म्यानमारबाट भागेका मुस्लिम अल्पसंख्यक समुदायको तस्करी मार्ग बन्दै गएको थाईल्याण्डको चिन्ता बढेकोे प्रहरीले जनाएको छ ।
म्यानमारको पश्चिमी राज्य राखिनमा सन् २०१७ जारी रहेको सैनिक कारवाहीका क्रममा लगभग सात लाख ५० हजार रोहिङ्गा मुसलमान समूदाय म्यानमारको सिमाना पार गर्दै बंगलादेशमा पुगेका थिए ।
यी मध्ये कैयौ मानव तस्करहरूको साथमा लागेर थाईल्याण्डको बाटो प्रयोग गर्दै मलेसिया र इन्डोनेसिया पुग्ने विश्वासघातपूर्ण यात्रामा लाग्ने निर्णय गर्दै आएका छन् ।
थाई प्रहरीले जारी राखेको कारबाहीको क्रममा बैंककको डोन मुएआङ जिल्लाको एउटा घरमा ती १९ रोहिग्या भेटिएका थिए । उक्त घरमा ती रोहिङ्याहरुलाई शरण दिएको आरोपमा एक थाई महिला पनि पक्राउ परेकी हुन ।

प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २८ पुस २०७७, १८ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागुऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ
फरार कैदीबन्दी रुपन्देहीबाट पक्राउ
काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट ४१ जना पक्राउ
लागुऔषधसहित पाँच जना पक्राउ
सुकुमबासी मोर्चाका महासचिवसहित ३ जना पक्राउ