काठमाडौँ । थाईल्याण्डमा गैर कानूनी रुपमा प्रवेश गरेको आरोपमा १९ रोहिङ्या मुसलमान र एक थाई महिला पक्राउ परेका प्रहरीले जानाकारी दिएको छ । म्यानमारबाट भागेका मुस्लिम अल्पसंख्यक समुदायको तस्करी मार्ग बन्दै गएको थाईल्याण्डको चिन्ता बढेकोे प्रहरीले जनाएको छ ।
म्यानमारको पश्चिमी राज्य राखिनमा सन् २०१७ जारी रहेको सैनिक कारवाहीका क्रममा लगभग सात लाख ५० हजार रोहिङ्गा मुसलमान समूदाय म्यानमारको सिमाना पार गर्दै बंगलादेशमा पुगेका थिए ।
यी मध्ये कैयौ मानव तस्करहरूको साथमा लागेर थाईल्याण्डको बाटो प्रयोग गर्दै मलेसिया र इन्डोनेसिया पुग्ने विश्वासघातपूर्ण यात्रामा लाग्ने निर्णय गर्दै आएका छन् ।
थाई प्रहरीले जारी राखेको कारबाहीको क्रममा बैंककको डोन मुएआङ जिल्लाको एउटा घरमा ती १९ रोहिग्या भेटिएका थिए । उक्त घरमा ती रोहिङ्याहरुलाई शरण दिएको आरोपमा एक थाई महिला पनि पक्राउ परेकी हुन ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २८ पुस २०७७, १८ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नख्खु कारागारबाट भागेका सञ्जय टक्ला पक्राउ
मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ
बाँके जिल्ला अदालतका नायब सुब्बा घुससहित पक्राउ
युएई पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
५ किलो गाँजासहित युवक पक्राउ
सर्विया र रसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ