चितवन । टिम नेपो चितवनको सहयोग र रोटरी क्लब अफ चितवन, लियो क्लब अफ भरतपुर युथको सक्रियतामा कारागार कार्यालयलाई पुस्तक हस्तान्तरण गरिएको छ । आज यहाँ एक कार्यक्रमको आयोजना गरी विभिन्न प्रकाशनद्वारा प्रकाशित पुस्तक कार्यालयको पुस्तकालयलाई हस्तान्तरण गरिएको हो ।
टिम नेपोका संस्थापक निगम पौडेलले कारागारका प्रमुख कमलप्रसाद काफ्लेलाई ८०८ थान पुस्तक हस्तान्तरण गरे । नेपोको पुस्तक परियोजनाअन्तर्गत देशभर कारागारमा रहेका पुस्तकालयलाई पुस्तक हस्तान्तरण गरिएको हो ।
कारागारलाई सुधार गृहसँगै सिकाइको थलो बनाउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको बताइएको छ । कार्यक्रममा वक्ताले कारागारलाई सिकाइको थलो बनाउन आवश्यक रहेकामा जोड दिएका थिए । नेपो प्रतिनिधि माधवी गैरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यालयका प्रमुख काफ्ले, नेपाल चिकित्सक सङ्घका पूर्व केन्द्रीय सदस्य प्रा डा कृष्णप्रसाद पौडेल, रोशन पियालगायतले बोलेका थिए । सो कारागारमा हाल दुई आश्रित बालिकासहित ६९१ कैदीबन्दी छन् जसमा ५५ महिला छन् ।
कारागार भेटघाटका लागि खुला
कोराना कहरका कारण बन्द कैदीबन्दी भेटघाट शुरु गरिएको छ । कोरोना महामारी नियन्त्रणका लागि सरकारले गरेको लकडाउन र निषेधाज्ञासँगै गत चैत ७ गतेदेखि बन्द भेटघाटलाई यही पुस २६ गतेदेखि खोलिएको कार्यालयका प्रमुख काफ्लेले जानकारी दिए।
कैदीबन्दी भेट्नका लागि बिहान १०ः३० बजेदेखि साँझ अपराह्न ४ः०० बजेसम्मका लागि समय छुट्याइएको उनले जानकारी दिए । भेटघाटमा आउनेले अनिवार्य मास्क लगाउनुपर्ने, सामाजिक दूरी कायम गरिनुपर्नेलगायत सावधानी अपनाउनुपर्ने छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २७ पुस २०७७, १२ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीमफेदी कारागार तोडेर फरार भएका कैदी बारामा चोरी गर्दा पक्राउ
कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई
केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ
कास्कीमा जेनजी आन्दोलन: आगजनी र तोडफोड गर्ने रास्वपा नेतासहित ४ जना कारागार चलान
जलेश्वर कारागारका २७३ कैदीबन्दी अझै फरार
भीमफेदी कारागारबाट भागेका १५४ कैदीबन्दी अझै सम्पर्कविहीन