काठमाडौँ । ललितपुरको कर्मनासा खोलाको जग्गा हाउजिङको नाममा दर्ता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ जनाविरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको छ । अख्तियारले उनीहरुसँग दुई करोड दुई लाख रुपैयाँका दरले जरिवाना मागदाबी गरेको छ ।
अख्तियारले नापी कार्यालय ललितपुरका प्रमुख बुद्धिमान जैसी, नापी अधिकृत बालेश्वर यादव, सर्वेक्षक केशव थापा मगर, मालपोत कार्यालयका प्रमुख बाबुराम खनाल, नासुहरु ख्याम नारायण पौडेल, दिनेश न्यौपाने र खरिदार आत्माराम लुइँटेललाई भ्रष्टाचारमुद्दा लगाएको हो ।
त्यसैगरी युरो हाउजिङ प्राली, यूरो ल्याण्ड डेभलपर्स प्रालीका सञ्चालकहरु गुणीकाजी मानन्दर, योगेश्वर कृष्ण पराजुली, कृष्ण पराजुली, कृष्णराज श्रेष्ठ, टंक बहादुर श्रेष्ठ, गोपालदास मानन्धर, बविन मानन्धर र उज्जल मानन्धरलाई भ्रष्टाचारमुद्दा चलाएको हो । अख्तियारले काठमाडौं अस्पताल प्रालीका सञ्चालकहरु डा। ईश्वरलाल आचार्य र डा। दुर्गामान जोशी अनि श्रीमती दुर्गेश नन्दिनी भट्टचनलाई पनि भ्रष्टाचारको आरोपमा मुद्दा चलाएको छ ।
कर्मनासा खोला र आसपासको सार्वजनिक जग्गालाई मिलेमतो गरी हाउजिङका नाममा दर्ता गरिएको आरोप उनीहरुमाथि छ । अख्तियारको दाबी अनुसार, उक्त जग्गा २०२२ सालको नापीमा सार्वजनिक भनी जनिएको थियो । मिचिएको जग्गा करिब ८ रोपनी १२ आनाको छ । अख्तियारले सार्वजनिक जग्गा पटक(पटक खरिदबिक्री हुँदै घर बनाएका ३३ जनामाथि समेत मुद्दा दायर गरेको छ । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २७ पुस २०७७, ०७ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछानेको मुद्दामा सुनुवाइ सुरू
रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै
रविको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटमा सुनुवाइ हुँदै, आजै फैसला आउन सक्ने
रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध आइतबारदेखि नियमित सुनुवाइ हुने
रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध सर्वोच्चको रिट ‘हेर्न नभ्याइने’ मा
स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको आरोपमा सातजनाविरुद्ध मुद्दा दायर