काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार (आज) पनि बैंक खुला राख्न निर्देशन दिएको छ । चालु आर्थिक वर्ष २०७७-७८ को दोस्रो त्रैमासको अन्तिम कर विवरण एवं राजस्व बुझाउने चापलाई मध्यनजर गर्दै राष्ट्र बैंकले शनिबारको दिन पनि राजस्व संकलनका लागि सम्बन्धित बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न यस्तो निर्देशन दिएको हो ।
राष्ट्र बैंकको निर्देशन पछि राजस्व लिने सबै बैंकका शाखा कार्यालय तथा काउन्टर (आज) शनिबार पनि खुला रहने भएका छन् । सोही निर्देशनकै कारण केही बैंकले शुक्रबार नै सूचना प्रकाशित गरेर शनिबार दिउँसो बैंक खुला रहने जानकारी गराइसकेका छन् ।
कोरोना महामारीका कारण चालु आवको बितेका पाँच महिनामा अपेक्षाकृत रूपमा राजस्व उठ्न नसकेसँगै अहिले सरकारले राजस्व संकलनका लागि सम्बन्धित व्यवसायी एवं सेवाग्राहीलाई ताकेता गरिरहेको छ ।
सोही ताकेतापछि देखिएको राजस्व बुझाउने कार्यमा थप सहजता ल्याउन राष्ट्र बैंकले शनिबारको दिन पनि राजस्व बुझाउन बैंकका काउन्टर खोल्न निर्देशन दिएको हो । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २५ पुस २०७७, ०८ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
आन्दोलनबाट बैंकका ६८ कार्यालयमा क्षति, बैंकिङ सिस्टममा समस्या नरहेको गभर्नरद्वारा जानकारी
एक दर्जन बैंकले बढाए खराब कर्जा, कुनकाे कति ?
बैंकहरुको निर्णय : आजदेखि मुद्दती निक्षेपको ब्याजदर झन् घट्यो
बैंकहरूको नाफा १.४ प्रतिशत मात्रै बढ्यो, कसको कति ?
बैंकहरूको नाफा ४.६ प्रतिशत घट्यो, कसले कमाए कति ?