काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले धनगढीमा पक्राउ परेका युवाहरुलाई रिहा गर्न माग गरेका छन् । निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका नागरिकलाई पक्राउ गर्नु लोकतान्त्रिक मूल्यमान्यता विपरीत भएको भन्दै देउवाले तत्काल रिहा गर्न सामाजिक सञ्जालमार्फत आग्रह गरेका हुन् ।
'निर्मला पन्तको बलात्कारी खै ? लेखिएको टिसर्ट लगाएर न्याय मागेका युवाहरुलाई प्रक्राउ गर्ने कार्य एकदम निन्दनीय छ । दोषीलाई कारबाहीको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका नागरिकलाई पक्राउ गर्नु लोकतान्त्रिक मूल्यरमान्यताविपरीत हो । पक्राउ परेकालाई तत्काल रिहा गर्न माग गर्दछुु, देउवाले ट्वीट गरेका छन् ।
नेकपा ओली समूहले शुक्रबार धनगढीमा गरेको प्रदेशस्तरीय आमसभामा ‘निर्मलाको बलात्कारी खै ?’ लेखिएको टि–सर्ट लगाउने सात जना युवालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा धनगढीका विनोद खड्का, आरुद शाह, सागर जोशी, राजेन्द्र शाही, प्रविन खड्का, सुरेश जोशी र मोहन्यालका नरेशप्रसाद जोशी रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी प्रतीक विष्टले बताए । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २५ पुस २०७७, ०८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारलाई ओभर स्मार्ट नबन्न काँग्रेस सांसद गुरुङको चेतावनी
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
विराटनगरका काँग्रेस नेता अभिषेक गिरी पक्राउ
कारागारका कैदीबन्दीको रकम असुली गरेको आरोपमा कांग्रेसका स्थानीय नेता पक्राउ
कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीको छापा
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)