आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

विहीबार, २३ पुस २०७७, ०८ : ०६
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहिबार देशका पहाडी क्षेत्रमा आंशिक बदली भए पनि अरु क्षेत्रको मौसम सफा रहने जनाएको छ । बिहीबार दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

सुदूरपश्चिम प्रदेश र प्रेदश १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यस्तै राति प्रदेश १ र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा मा आंशिक बदली रही अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ । अहिले देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

हाल पहाडी भू–भागमा केही क्षेत्रमा आंशिक बदली भए पनि अरु क्षेत्रको मौसम सामान्यतया सफा छ । मौसममा सुधार आउँदै गएकाले केही दिनदेखि रहेको वायु प्रदूषण पनि कम हुँदै गएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस