काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गर्ने २ जनालाई मोटरसाईकलसहित पक्राउ गरेको छ ।
पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले नयाँबजार स्थित सडक खण्डबाट आयुष थापा मगर र बालाजु स्थित सडक खण्डबाट रोशन लामिछाने सवार गरीरहेको मोटरसाईकलसहित आईतबार पक्राउ गरेको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिए ।
नयाँबजार सडकखण्डबाट धादिङ्गको त्रिपुरासून्दरी गाउँपालिका वडा नं। ५ चैनपुर बस्ने वर्ष २२ को मगरलाई प्रदेश ३-०२-००८ प २६०७ नम्वरको मोटरसाईकलसहित पक्राउ गरिएको महाशाखाले जनाएको छ । अनुसन्धानको क्रममा उक्त मोटरसाईकलको वास्तविक नं. लु ५२ प ७३३५ खुल्न आएको छ । उक्त नम्वरको मोटरसाइकल एक वर्षअघि काठमाडौँको ठमेल स्थित भगवानबाहालबाट हराएको थियो ।
त्यस्तै, काठमाडौ बालाजु सडकखण्डबाट दोलखाको भिमेश्वनर नगरपालिका वडा नं। ३ भिमफेदी घर भई हाल रानिवन बस्ने वर्ष २४ का लामिछानेलाई बागमती प्रदेश ०२-०१७ प ३४४७ नम्वरको मोटरसाइकलसहित पक्राउ गरिएको हो । उक्त नम्वरको मोटरसाईकल मंसिर १४ गते बनस्थलीबाट हराएको थियो ।
महाशाखाले पौष महिनामा मात्रै ४१ वटा मोटरसाइकल अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ भने चोरीमा संलग्न ११ जना व्यक्तिहरूलाई पक्राउ गरी मुद्दा समेत चलाइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० पुस २०७७, १७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१७ करोडभन्दा बढीको क्रिप्टो कारोबारमा चिनियाँ नागरिक पक्राउ
नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ
४० हजार घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ
व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ
ठगी गरेको अभियोगमा एक जना पक्राउ