काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गर्ने २ जनालाई मोटरसाईकलसहित पक्राउ गरेको छ ।
पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले नयाँबजार स्थित सडक खण्डबाट आयुष थापा मगर र बालाजु स्थित सडक खण्डबाट रोशन लामिछाने सवार गरीरहेको मोटरसाईकलसहित आईतबार पक्राउ गरेको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिए ।
नयाँबजार सडकखण्डबाट धादिङ्गको त्रिपुरासून्दरी गाउँपालिका वडा नं। ५ चैनपुर बस्ने वर्ष २२ को मगरलाई प्रदेश ३-०२-००८ प २६०७ नम्वरको मोटरसाईकलसहित पक्राउ गरिएको महाशाखाले जनाएको छ । अनुसन्धानको क्रममा उक्त मोटरसाईकलको वास्तविक नं. लु ५२ प ७३३५ खुल्न आएको छ । उक्त नम्वरको मोटरसाइकल एक वर्षअघि काठमाडौँको ठमेल स्थित भगवानबाहालबाट हराएको थियो ।
त्यस्तै, काठमाडौ बालाजु सडकखण्डबाट दोलखाको भिमेश्वनर नगरपालिका वडा नं। ३ भिमफेदी घर भई हाल रानिवन बस्ने वर्ष २४ का लामिछानेलाई बागमती प्रदेश ०२-०१७ प ३४४७ नम्वरको मोटरसाइकलसहित पक्राउ गरिएको हो । उक्त नम्वरको मोटरसाईकल मंसिर १४ गते बनस्थलीबाट हराएको थियो ।
महाशाखाले पौष महिनामा मात्रै ४१ वटा मोटरसाइकल अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ भने चोरीमा संलग्न ११ जना व्यक्तिहरूलाई पक्राउ गरी मुद्दा समेत चलाइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० पुस २०७७, १७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने एक जना पक्राउ
निकोलस भुसाल पक्राउ
२ सय १० ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ
युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी, एक जना पक्राउ
अवैध लागू औषधसहित चार जना पक्राउ
चोरीको मोटरसाइकल बेच्न खोज्ने दुई जना पक्राउ