काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्नु सबैको दायित्व भएको बताउनुभएको छ ।
जनता समाजवादी पार्टी नेपाल युवा सङ्घद्वारा आज जनकपुरधाममा आयोजित युवा प्रशिक्षण कार्यक्रममा अध्यक्ष यादवले संविधानमा रहेका असन्तुष्टिलाई सम्बोधन गर्न संविधान परिमार्जन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले कांग्रेस आन्दोलनबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सजग हुनु जरूरी रहेको बताउनुभयो । उहाँले परिवर्तनका बाहक युवाले अबको नेतृत्व लिनुपर्ने बताउनुभयो । कार्यकारिणी समितिका सदस्य शरतसिंह भण्डारीले प्रतिनिधिसभा विघटन हुनु गलत भएको बताउनुभयो ।
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सङ्घीयता र समावेशिताको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । सङ्घका अध्यक्ष योगेन्द्रराय यादवको अध्यक्षतामा भएको समारोहमा कार्यकारिणी सदस्य एवं प्रदेश नं २ का आर्थिक मामिलामन्त्री विजयकुमार यादव, राज्यमन्त्री उषा यादव र सदस्य महाजन यादवले मुलुकलाई विषम परिस्थितिबाट जोगाउन सबैको अग्रसरता आवश्यक भएको धारणा राख्नुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १९ पुस २०७७, २० : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई सिफारिस गर्नु सकारात्मक : उपेन्द्र यादव
संविधान कार्यान्वयनको गतिप्रति उपेन्द्र यादवले जनाए असन्तुष्ट
नेपालको सङ्घीयताले यहाँको विविधतालाई सम्बोधन गर्न सकेन : उपेन्द्र यादव
उपेन्द्र यादवको प्रश्नः दरबार हत्या काण्ड कसले गरायो ?
गौर नरसंहारबारे सर्वोच्चको फैसलामा उपेन्द्रको टिप्पणी: ‘यो राजनीतिक मामिला हो, अनुसन्धान गरे सहयोग गर्छु’
नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादवबीच भेटवार्ता