काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा देखिएको बताउदैं प्राप्त उपलब्धी कुण्ठित गर्न प्रतिक्रियावादी र निरंकुशतावादीहरू सल्बलाएको आरोप लगाएका छन् ।
आज तमू (गुरुङ) समुदायको तमू ल्होछाररल्होसार, किरात समुदायको उधौली र नेवार समुदायको योमरी पुन्हिको अवसरमा शुझकामना विज्ञप्ति जारी गर्दै उनले भनेका छन्–‘जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धी कुण्ठित गर्न प्रतिक्रियावादी, सामन्ती, निरंकुशतावादीहरु सल्बलाउन थालेका छन्, ।’
पछिल्ला घटनाक्रमले जनताको संघर्षबाट प्राप्त उपलब्धी गुम्ने त होइन भन्ने खतरा पैदा भएको उल्लेख गर्दै उनले राजनीतिक घटनाक्रमले नेपाली जनताको त्याग र संघर्षबाट प्राप्त उपलब्धी नै गुम्ने हुन् कि भन्ने आशंका बढेको बताए ।
आफ्नो पहिचान र अधिकार रक्षार्थ नेपाली जनताले एकपटक पुनः संघर्ष गर्नुपर्नेमा उनले जोड दिएका छन् । उपलब्धी गुम्न नदिन एकतावद्ध भई आन्दोलनमा लाग्न उनले सबैसँग आग्रह गरेका छन् । उनले महामारीलाई मध्यनजर गर्दै सावधानीका उपाय अवलम्बन गर्दै चाडपर्व मनाउन पनि आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ पुस २०७७, १० : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार संविधान र संघीय व्यवस्थाविरुद्ध उन्मुख छ: प्रचण्ड
मुलुकले सुगौली सन्धि यता यति ठूलो चुनौती सामना गर्नुपरेको थिएन: प्रचण्ड
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड