नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष प्रचण्डले रअका प्रमुख सामन्त गोयललाई प्रधानमन्त्री केपी ओलीले नै नेपाल बोलाएको बताएका छन् ।
प्रचण्डले आफूले बोलाएको पाहुनासँग ओलीले बालुवाटारमा रातको समयमा घण्टौ वार्ता गरेको पनि बताए । उनले ओली भारतपरस्त रहेको संकेत गरे ।
सोमबार राति एक टेलिभिजन अन्तर्वार्तामा उनले आगामी दिनमा काँग्रेससँग सहकार्य हुनसक्ने पनि बताए । विगतमा पनि काँग्रेस सभापति शेरबहादुर देउवासँग सहकार्य भएको भन्दै उनले आगामी दिनमा पनि सहकार्य हुनसक्ने बताए ।
उनले चुनावमा गएको खण्डमा काँग्रेस पहिलो पार्टी बन्न सक्ने तर बहुमत नहुने हुँदा आफूहरुसँग सहकार्य हुनसक्ने पनि बताए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ पुस २०७७, २२ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’-माधव र झलनाथसँग चुनावी तालमेलबारे रन्जिताले गरिन् संवाद
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
‘फागुन २१ मै चुनाव हुनुपर्छ, आवश्यक सहयोग गर्न तयार छौँ’ : ‘प्रचण्ड’
‘प्रचण्ड’ र सञ्चार मन्त्री खरेलबीच भेटवार्ता
‘प्रचण्ड’ र वर्षमान रोल्पाबाट उम्मेदवार सिफारिस
क्रान्तिकारी शक्तिहरुलाई एकताबद्ध हुन ‘प्रचण्ड’को अपिल