काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले सरकारको कदमविरुद्ध अदालतमा मुद्दा रहेको भन्दै अदालतको जुनसुकै निर्णयलाई पनि काँग्रेसले मान्ने बताएका छन् ।
अदालत स्वतन्त्र निकाय भएकाले त्यहाँबाट पक्ष विपक्षमा जस्तो निर्णय आएपनि काँग्रेसले स्वीकार गर्ने उनको भनाइ छ । ‘अदालतलाई तर्साउने र धम्क्याउने बानी र चलन हाम्रो छैन । काँग्रेस अदालतको निर्णय मान्ने पार्टी हो’, भक्तपुरमा काँग्रेसद्वारा आयोजित विरोधसभालाई सम्बोधन गर्दै देउवाले भने, ‘हामीले अदालतलाई सबैभन्दा स्वतन्त्र निकाय मानेका छौं । सरकारले र संसदले बदमासी गर्न गर्ला भनेरै अदालत राखिएको हो । अन्तिम ठाउँ भनेको न्यायालय हो । न्यायालयको जस्तो निर्णय हुन्छ, चाहे पक्ष्माा होस् या विपक्षमा अदालनको निर्णय मान्छौ ।’
उनले पार्टीले अदालतलाई कुनैपनि किसिमको धम्क्याउने र तर्साउने काम पार्टीले नगर्ने पनि स्पष्ट पारे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विषयमा देउवाले भने, ‘अहिले हामी अदालतको स्वविवेक निर्णय हामी पर्खिन्छौं ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ पुस २०७७, १६ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लगानीकर्तालाई ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्छ : सभापति देउवा
अब मेरो राजनीतिबाट रिटायर्डको बेला भयो: देउवा
कांग्रेसको सहमती अनुसार नै सरकार अघि बढेको छ: शेरबहादुर देउवा
अबको बाटो संकल्प र कार्यान्वयनको हो, कुराभन्दा काममा ध्यान दिऔँ : देउवा
मधेसमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्छ : सभापति देउवा
जलवायु परिवर्तनका असरबाट नेपाल सबैभन्दा बढी प्रभावित छ : सभापति देउवा