मन्त्री हृदेश त्रिपाठी र रसियाका राजदूत अलेक्सइ ए नोविकोव विच भेटवार्ता, कोभिड १९ विरुद्धको लडाईंमा साथ दिने प्रतिबद्धता

सफल खबर संवाददाता

सोमबार, १३ पुस २०७७, १४ : २९
मन्त्री हृदेश त्रिपाठी र रसियाका राजदूत अलेक्सइ ए नोविकोव विच भेटवार्ता, कोभिड १९ विरुद्धको लडाईंमा साथ दिने प्रतिबद्धता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री  हृदेश त्रिपाठी र  नेपालका लागि रसियाका राजदूत अलेक्सइ ए नोविकोव बीच शिष्टाचार भेट भएको छ।

नवनियुक्त स्वास्थ्य मन्त्री त्रिपाठीलाई भेटेर राजदुत नोविकोवले बधाई र शुभकामना व्यक्त गरेका छन् । सोमबार मन्त्रालयमा भएको भेटमा नेपाल र रसिया बीचको ऐतिहासिक मित्र सम्बन्ध सँगै वर्तमान नेपालको राजनैतिक अवस्थाबारे पनि कुराकानी भएको मन्त्री त्रिपाठीको सचिवालयले जनाएको छ । 

राजदूत नोविकोवले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरि कोभिड १९ विरुद्धको लडाईंमा साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।  साथै रसियासँग संसारका १०८ देशले हाल खोप मागेकोमा रसियाले नेपाललाई खोप उपलब्ध गर्ने देशको छैटौँ प्रथामिकतामा राखेको जानकारी राजदूत नोविकोवले जानकारी गराएका छन् । 

भेटमा मन्त्री त्रिपाठीले नेपाल र रसियाको सम्बन्ध अझ प्रगाढ रहने विस्वास सहित कोभिड–१९ को लडाइँमा साथका लागि धन्यवाद प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस