काठमाडौं । नेपाली सेनाले राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा राष्ट्रिय कविता प्रतियोगीता गर्ने भएको छ । सो दिवसका अवसरमा सेनाले गोरखादेखि काठमाडौँसम्म एकीकरण पदयात्राका अतिरिक्त राष्ट्रव्यापी कविता प्रतियोगिता आयोजना गर्न लागेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।
प्रतियोगितामा भाग लिन इच्छुक कविले ‘राष्ट्र, राष्ट्रियता तथा राष्ट्रिय एकता प्रवद्र्धन र पृथ्वीनारायण शाह’सम्बन्धी भावमा कविता लेख्न सक्नुहुनेछ । त्यस्ता कविता यही पुस २० गतेभित्र सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय वा [email protected] इमेलमा पठाउन सकिनेछ ।
प्रतियोगितामा छानिएका २५ वटा कविता पुस्तकका रुपमा प्रकाशित गरी जङ्गीअड्डा परिसरमा स्थापना हुने ‘पृथ्वीनारायण शाह अध्ययन केन्द्र’ मा राखिनेछ । प्रतियोगिताका उत्कृष्ट १० कविलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्ने जानकारी दिइएको छ ।
नेपालको संविधानबमोजित राष्ट्रिय एकताको रक्षा गर्न तथा सरकारको वार्षिक नीति तथा कार्यक्रममा समाविष्ट ‘एकीकरण मार्ग कार्यक्रम’ कार्यान्वयन गर्ने क्रममा सेनाले विगत वर्षमा पनि एकता दिवसका विविध गर्दै आएको थियो ।
एकीकरण पदयात्रा गोरखाबाट पुस २१ गते शुरु भई धादिङ, नुवाकोट र नागार्जुन हुँदै पुस २६ गते हनुमानढोका आइपुग्नेछ । पृथ्वी जयन्तीका दिन सैनिक मुख्यालय जङ्गीअड्डामा हुने कार्यक्रममा उक्त पदयात्रा टोलीले भाग लिनेछ । यस पदयात्रामा नेपाली सेना, स्थानीय जनता र विद्यार्थी सहभागी हुनेछन् ।
पदयात्रामा मिरकासिमको फौजलाई पराजित गरेपछि राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले खडा गरेका नेपाली सेनाका पाँचवटा कम्पनीको निशान, नेपालको राष्ट्रिय झण्डा र एकीकरण ज्योति समेटिनेछ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १२ पुस २०७७, २० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली सेनाको प्रवक्तामा सहायकरथी केसी
नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न
सैनिक मञ्चमा नेपाली सेनाको हर्ष बढाइँ
प्रधानमन्त्रीद्वारा हेटौँडा कपडा उद्योग पुनः सञ्चालनबारे नेपाली सेनासँग छलफल
प्रदर्शनीमा राख्न ट्रकमा राखेर जंगीअड्डा पुर्याइयो सैनिक हेलिकोप्टर
नेपाली सेनाले गर्यो ऐतिहासिक मालागढीको सरसफाइ