काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल –नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुले निर्वाचन आयोगबाट आधिकारिकता पाउने जिकिर गर्नुभएको छ ।
पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले मुलुकलाई राजनीतिक स्थायित्व दिन आफूहरुले पार्टी एकता गरेको स्मरण गर्दै सरकार सञ्चालनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सक्दो सहयोग गरिएको बताउनुभयो ।
उहाँले मुलुकमा स्थिर सरकार बन्नुपर्छ भनेर आफूले आलोपालो प्रधानमन्त्री हुने सहमतिलाई पनि छाडेको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले आलोपालो प्रधानमन्त्री हुने सहमति छाडेर उहाँलाई पाँचै वर्ष सरकार चलाउन सहयोग गरेँ ।”
पार्टीको दुई तिहाइ केन्द्रीय सदस्यको उपस्थिति भएको पार्टीले आधिकारिकता पाउनेमा कुनै दुई मत नभएको जनाउँदै उहाँले भन्नुभयो, “दलसम्बन्धी ऐन, कानूनमा भएको व्यवस्थाबमोजिम निर्वाचन आयोगले निर्णय गर्नेमा विश्वस्त छौँ, आयोगप्रति हाम्रो पूर्ण भरोसा छ ।”
आयोगका पदाधिकारीसँगको छलफलका क्रममा पार्टीको विधान, स्थापित नजीर र प्रचलित कानूनका आधार आधारमा ऐनले दिएको अधिकार क्षेत्रभित्र रही अत्यन्तै न्याय हुने ढङ्गबाट न्याय निरुपण गरिने विश्वास दिलाएको उहाँले जानकारी दिनुभयो ।
उहाँले संविधानमा हुँदै नभएको प्रावधान देखाएर प्रतिनिधिसभा विघटन गरिएको जनाउँदै अध्यक्ष दाहालले भन्नुभयो, “संविधानले प्रधानमन्त्री र राष्ट्रपतिलाई संविधान विघटन गर्ने अधिकार दिएको छैन ।” प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको प्रस्ताव राष्ट्रपतिले अनुमोदन गर्दा नेपालको राजनीति जटिल मोडमा पुगेको उहाँको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १० पुस २०७७, १८ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नीति तथा कार्यक्रम कर्मकाण्डी भयो, मधेश र दलित हराए : संयोजक प्रचण्ड
संसद् समावेशी प्रतिनिधित्वका लागि संघर्षको परिणाम भएको ‘प्रचण्ड’को दाबी
‘समावेशी र समानुपातिक प्रतिनिधित्व राजनीतिक परिवर्तनको महत्वपूर्ण उपलब्धि’ : ‘प्रचण्ड’
'प्रचण्ड’सहित आज संसदमा शीर्ष नेताहरूले सम्बोधन गर्ने
मुलुकको राष्ट्रिय स्वाधिनता सबै भन्दा अफ्ठ्यारो अवस्थामा पुगेको छः प्रचण्ड
"राजनीतिक परिवर्तनका उद्देश्यहरू पूर्ण रूपमा हासिल हुन बाँकी छ: प्रचण्ड