काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य प्रभु साहले पार्टीमा दुईजना अध्यक्ष बनाएमा विरोध जनाएका छन् ।
नेता साहले आज एक विज्ञप्ति जारी गरी अलग अलग पार्टीको एक अध्यक्ष भएको समयमा प्राप्त गरेको लगभग दुई तिहाइको सफलतापछि निर्माण भएको दुई अध्यक्षीय प्रणालीमा अध्यक्ष्हरुको आपसी टकरावले पार्टी क्षतविक्षत भएको उल्लेख गरेका छन। माक्र्सवादी मान्यता र लेनिनवादी संगठनात्मक सिद्धान्त विपरीत निर्माण भएको दुई अध्यक्षीय प्रणाली अवस्तुवादी र अवैज्ञानिक भएको कारण देशले घात व्यहोर्नु परेको उनले उल्लेख गरेका छन् ।
प्राधनमन्त्री केपी शर्मा अोलीद्धारा गरिएको संसद विघटनको सिफारिसलाई आत्महत्याको संज्ञा दिँदै प्रचण्ड नेतृत्वलाई सहयोग गर्न अग्रसर भएको तर सो नेतृत्वको समूहले विगतको गल्तीलाई सच्याउनुको सट्टा पुनरावृति गरेको आरोप उनले लगाएका छन् ।
नेतृत्व सम्बन्धी विश्वव्यापी मान्यता विपरित नेपालमै असफल सिद्ध भइसकेको दुई अध्यक्षीय प्रणाली जस्तो गम्भीर विषयमा छलफलले नै नगरि अंगिकार गने निर्णयको विरोध उनले गरेका छन् । उनले यस्तो निर्णयप्रति पटक पटक विमती जनाए पनि निरकुंशताको शैलीमा अगाडि भएको भन्दै त्यसप्रति आपत्ति जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ पुस २०७७, १७ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कानुन बनाउँदा उड्ने नभई धर्तीलाई सुहाउँदो बनाउनुपर्छ : प्रभु साह
प्रभु साहले निजामती विधेयकलाई ‘गरिबमारा’ भन्दै रोष्ट्रमबाटै च्याते
प्रधानमन्त्रीको स्पेन भ्रमण फजुल खर्चबाहेक केही उपलब्धि हुँदैन : प्रभु साह
आरजु राणालाई प्रभु साहको प्रश्न- कति नेपालीले विदेशको नागरिकता लिए ?
आगामी बजेटमा जनतालाई करको भार पार्ने काम नहोस्ः अध्यक्ष साह
प्रभु साहको दाबी ‘बैंकरहरूको मनोमानीले बैंकहरू अस्तव्यस्त भए’