काठमाडौं । तत्कालीन एमाले र माओवादी केन्द्रको एकीकरणबाट बनेको नेकपा फुटको इतिहास दोहोर्याउँदै मंगलबारबाट दुई धारमा विभक्त भएको छ । यो विभाजनमा तत्कालीन दुइटा पार्टी ढिक्काढिक्कै अलग भएका छैनन्, मूलतः तत्कालीन एमाले फुटेको छ ।
टोपबहादुर रायमाझी र लेखराज भट्टलगायत केही नेताबाहेक पूर्वमाओवादी धार करिब एक ढिक्का देखिन्छ । तत्कालीन एमालेको मूल नेतृत्व पंक्तिमा रहेका केपी शर्मा ओली, माधव नेपाल र झलनाथ खनाल भने विभाजित भएका छन् ।
तत्कालीन एमालेको नवौं महाधिवेशनबाट निर्वाचित १५ पदाधिकारीमध्ये नेपाल र खनालसहित ९ जना मंगलबारबाट पुष्पकमल दाहालको धारसँग जोडिएका छन् । ओलीसहित ५ जना भने अर्कोतिर छन् । एक जना विद्यादेवी भण्डारी राष्ट्रपति छिन् ।
दाहाल त पार्टी एकताका क्रममा ३० महिनाअघि एउटै दलका रूपमा ओली, नेपाल र खनालसँग मिसिएका हुन् । दाहालले चार दशकदेखि नै कम्युनिस्ट पार्टीको छुट्टै धारको नेतृत्व गर्दै आएका थिए । ओली, नेपाल र खनाल भने करिब साढे चार दशकदेखि एउटै पार्टीमा अन्तरसंघर्ष र सहकार्य गर्दै हिँडेका थिए । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०८ पुस २०७७, ०७ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर एमालेको आपत्ति, संसद्को मर्यादा कमजोर पारिएको आरोप
प्रदेश सरकार हेरफेरबारे ओली निवासमा कांग्रेस–एमाले नेताबीच छलफल
नेकपा एमालेद्वारा २१ सदस्यीय संसदीय बोर्ड गठन
चुनाव हारको दुई महिना वित्दासम्म एमालेले गरेन चुनावी समीक्षा
सरकार अध्यादेशमार्फत अघि बढेको भन्दै एमालेको कडा आपत्ति
सुकुम्वासी बस्ती हटाउने सरकारी तयारीप्रति एमालेको आपत्ति