काठमाडौं । तत्कालीन एमाले र माओवादी केन्द्रको एकीकरणबाट बनेको नेकपा फुटको इतिहास दोहोर्याउँदै मंगलबारबाट दुई धारमा विभक्त भएको छ । यो विभाजनमा तत्कालीन दुइटा पार्टी ढिक्काढिक्कै अलग भएका छैनन्, मूलतः तत्कालीन एमाले फुटेको छ ।
टोपबहादुर रायमाझी र लेखराज भट्टलगायत केही नेताबाहेक पूर्वमाओवादी धार करिब एक ढिक्का देखिन्छ । तत्कालीन एमालेको मूल नेतृत्व पंक्तिमा रहेका केपी शर्मा ओली, माधव नेपाल र झलनाथ खनाल भने विभाजित भएका छन् ।
तत्कालीन एमालेको नवौं महाधिवेशनबाट निर्वाचित १५ पदाधिकारीमध्ये नेपाल र खनालसहित ९ जना मंगलबारबाट पुष्पकमल दाहालको धारसँग जोडिएका छन् । ओलीसहित ५ जना भने अर्कोतिर छन् । एक जना विद्यादेवी भण्डारी राष्ट्रपति छिन् ।
दाहाल त पार्टी एकताका क्रममा ३० महिनाअघि एउटै दलका रूपमा ओली, नेपाल र खनालसँग मिसिएका हुन् । दाहालले चार दशकदेखि नै कम्युनिस्ट पार्टीको छुट्टै धारको नेतृत्व गर्दै आएका थिए । ओली, नेपाल र खनाल भने करिब साढे चार दशकदेखि एउटै पार्टीमा अन्तरसंघर्ष र सहकार्य गर्दै हिँडेका थिए । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०८ पुस २०७७, ०७ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
च्यासलमा पाल टाँगेर एमालेले सुचारु गर्यो केन्द्रीय कार्यालय
जेन जी विद्रोहको तोडफोड र आगजानीमा एमाले कार्यकर्ताकै संलग्नता रहेको खुल्यो रहस्य
एघारौँ महाधिवेशन मंसिर २७ देखि पोखरामा गर्ने एमालेको निर्णय
एमाले केन्द्रीय कमिटी बैठक : सुरु भयो तेस्रो दिनको छलफल
एमालेले आयोगसमक्ष बुझायो ७ बुँदे धारणा
एमालेको केन्द्रीय कमिटी बैठक सुरु